नेपाल सुपर लिग : उपाधिका लागि आज धनगढी र ललितपुर भिड्ने « Khabarhub

नेपाल सुपर लिग : उपाधिका लागि आज धनगढी र ललितपुर भिड्ने


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनल खेल आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे पाँच बजे हुने फाइनलमा उपाधिका लागि धनगढी एफसी र ललितपुर सिटीबीच प्रतिस्पर्धा हुनेछ ।

लिग चरणमा ८ खेलमा ३ मा जित, ४ बराबरी र एक खेलमा हार बेहोरेर १३ अंकसहित दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

त्यस्तै लिग चरणमा ८ खेलमा २ जित, ४ बराबरी र २ हार बेहोरेको ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई र दोस्रो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

धनगढी एनएसएलको पहिलो सिजनको उपविजेता समेत हो । २०२१ मा सम्पन्न पहिलो सिजनमा धनगढी काठमाडौँ रेजर्ससँग १–० गोल अन्तरले पराजित भएर उपविजेता बनेको थियो ।

त्यस्तै ललितपुर सिटी एफसी भने पहिलो पटक फाइनलमा पुगेको हो । यस अघि पहिलो सिजनमा ललितपुर दोस्रो

क्वालिफायरमा काठमाडौँ रेजर्ससँग ३–० गोलले पराजित हुदै बाहिरिएको थियो ।

 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ६ : ३० बजे

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको

खोकनामा सिकाली जात्रा, आफ्नै मौलिक परम्परामा रमाउँदै स्थानीय

काठमाडौं– नेपालीहरूको प्रमुख चाड दसैँ देशभर मनाइरहँदा काठमाडौंको खोकनामा भने

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन