साताका २० तस्बिर | Khabarhub Khabarhub

साताका २० तस्बिर


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो साताका महत्त्वपूर्ण तस्बिरमा विकास निर्माण, कृषिका कुरा, धर्म र संस्कृति, वन्यजन्तु, प्रविधिको प्रयोग र पर्यटकीय क्षेत्रलाई समेटिएको छ । यो साताको अन्तिम दिन शुक्रबार प्रदर्शनपछि मन्त्रीको गाडी जल्यो । चक्रपथको बालकुमारी तनावग्रत भएपछि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भयो । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्यो ।

सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ स्थित कलिदामारमा खेतमा सुकाइएको अदुवा र बेसार । विभिन्न ठाउँबाट खरिद गरेर ल्याइएको अदुवा र बेसार यहाँ प्रशोधन गरी विदेशसम्म निर्यात गरिन्छ ।
तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको सूर्योदय । चिसो मौसममा यहॉबाट सूर्योदय र कुहिरो हेर्न आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ जुडाका नरभान धामी बाँसका चोयाबाट डोको बुन्दै । डोको बुनेर धामीले घर खर्च चलाउने गरेका छन् ।
कोसीटप्पु वन्यजन्तु आरक्षस्थित पथरी सेक्टरको खोर (इन्क्लोजर)मा राखिएका पुष्पा र अञ्जली नाम गरेका गैँडा । तीन महिनाअघि चितवन राष्ट्रिय निकुन्जबाट ल्याइएको गैँडा
टोखा नगरपालिका- २ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल सपनतिर्थ मन्दिर । यस मन्दिरमा हरेक वर्ष वैशाख १ गते मेला लाग्ने गर्दछ ।
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकस्थित विश्वबहादुर अधिकारीको बगानमा उत्पादन भएको सुन्तला बोकेर ल्याउँदै कामदार । अधिकारीले यस वर्ष करिब ७५ लाखको सुन्तला विक्री भएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा संकलित भेटी रकम मिलाउँदै पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिका ९ डुमरा गाँउका थारु सामुदायका महिला माछा मारेर घर फर्किँदै।
झोलुङ्गे पुलसँगै देखिएको रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलङ्गा बजार ।
धरानमा आयोजित चासोक तङ्नाम उत्सवका अवसरमा मौलिक गहनामा सजिएका लिम्बु समुदायका महिला ।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको सिक्टा नहरमा गहुँ खेतीका लागि पानी सञ्चलन गरिँदै ।
चितवनको सौराहामा आयोजना गरिएको १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत बुधबार गरिएको सुन्दरी प्रतियोगितामा सहभागी हात्तीहरु । प्रतियोगितामा सहभागी सात वटा हात्तीमध्ये सेल्फीकलीले सुन्दरीको उपाधि पायो ।
सिन्धुपाल्चोकको जुगल हिमशृङ्खलाको आधार शिविर ने-पेमासाल । स्थानीय भाषामा ने–पेमासालको अर्थ देउताहरुको तीर्थ वा देवताहरुको स्वर्ग हुन्छ । तस्बिर : रुपक पुरी
ललितपुरको बालकुमारीमा शुक्रबार आगजनी गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको सवारीसाधन ।
रेस्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा अङ्ग्रेजी नयाँ वर्ष २०२४ का अवसरमा आयोजित २५औँ पोखरा सडक महोत्सवमा घुम प्रदर्शन गर्दै महोत्सवका सहभागी गुरुङ समुदायका महिलाहरु ।
माघेसङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको टोखा नगरपालिका वडा नं ३ स्थित टोखामा बजार पठाउनका लागि चाकु बनाउँदै । टोखा चाकुका लागि प्रख्यात मानिन्छ ।
बसाइँसराइका कारण सुनसान बनेको बागलुङ नगरपालिका–११ स्थित रायडाँडा गाउँ । पछिल्लो समय बजार मोहले स्थानीयले धमाधम गाँउ छोडिरहेका छन् ।
भेरी करिडोर भित्र पर्ने नलगाड नगरपालिका-१२ तल्लु बगर र आठबिसकोट नगरपालिका-६ छहरेबगर गोतामकोट रुकुमपश्चिम जोड्ने अलपत्र अवस्थामा रहेको ठूली भेरी नदीको पुल ।
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न चट्टान फोर्ने काम गरिँदै । शनिबार देखि दैनिक चार घण्टा सवारी आवागमन बन्द गरेर चट्टान फोर्ने काम सुरु भएको छ । तस्बिरः रासस

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ६ : ५८ बजे

संविधानको पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले

मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी

संविधानले नेपाली समाजलाई एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज ३ गते बिहीबार सन्