पुटिनका आलोचक नाभाल्नीका सहयोगीलाई ९ वर्षको जेल सजाय « Khabarhub

पुटिनका आलोचक नाभाल्नीका सहयोगीलाई ९ वर्षको जेल सजाय


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

किभ– रुसी अदालतले क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीका सहयोगीलाई साढे नौ वर्षको जेल सजाय सुनाएको छ ।

साइबेरियाको टम्स्क शहरकी वकिल र सांसद केसेनिया फडेयेभालाई चरमपन्थी संगठन चलाएको आरोपमा जेल सजाय तोकिएको उनको कानूनी टोलीले जनाएको छ। उनी युक्रेन युद्धका क्रममा पक्राउ परेकी पछिल्लो रुसी विपक्षी व्यक्तित्व हुन्।

न्यायाधीश खुद्याकोभले केसेनिया फडेयेभा विरुद्ध ९ वर्षको सजायको आदेश दिएका हुन्  । फडेयेभाका समर्थकहरूले सामाजिक सञ्जाल साइट टेलिग्राममा यो सजायको पुनरावेदन गरिने उल्लेख गरेका छन् ।

रूसी अधिकारीहरूले नाभाल्नीको भ्रष्टाचार विरोधी फाउन्डेसनलाई सन् २०२१ मा अतिवादीको रूपमा तोकेका थिए । रूस सरकारले प्रभावकारी रूपमा यसलाई प्रतिबन्ध लगाएको मात्रै होइन,  यसका सदस्यहरूलाई विभिन्न अभियोग लगाइ सो फाउन्डेसनका सदस्य कतिपयलाई कडा कारबाहीसमेत गरिएको छ ।

फडेयेभाले संगठनको स्थानीय अध्यायको नेतृत्व गरेकी थिइन्  । सन् २०२० मा उनी टम्स्क नगरपालिका काउन्सिलमा निर्वाचित भइन्, जसलाई राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारका विरोधीहरूका लागि उल्लेखनीय विजयको रूपमा हेरिएको थियो । सो निर्वाचनमा ठूलो मात्रामा चुनावबाट प्रतिद्वन्द्वीहरूलाई रोक्नका लागि पुटिनको सरकारले खोजेको थियो।

भ्रष्टाचार विरोधी फाउन्डेसनले गैरकानुनी घोषणा गरेपछि उनलाई डिसेम्बर २०२१ मा इन्टरनेट प्रयोग गर्न प्रतिबन्ध लगाइएको थियो । उनी अक्टोबरदेखि घरमै नजरबन्दमा थिइन् ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  १२ : २१ बजे

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

काठमाडौँ – उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन २४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको