पुटिनका आलोचक नाभाल्नीका सहयोगीलाई ९ वर्षको जेल सजाय « Khabarhub

पुटिनका आलोचक नाभाल्नीका सहयोगीलाई ९ वर्षको जेल सजाय


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

किभ– रुसी अदालतले क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीका सहयोगीलाई साढे नौ वर्षको जेल सजाय सुनाएको छ ।

साइबेरियाको टम्स्क शहरकी वकिल र सांसद केसेनिया फडेयेभालाई चरमपन्थी संगठन चलाएको आरोपमा जेल सजाय तोकिएको उनको कानूनी टोलीले जनाएको छ। उनी युक्रेन युद्धका क्रममा पक्राउ परेकी पछिल्लो रुसी विपक्षी व्यक्तित्व हुन्।

न्यायाधीश खुद्याकोभले केसेनिया फडेयेभा विरुद्ध ९ वर्षको सजायको आदेश दिएका हुन्  । फडेयेभाका समर्थकहरूले सामाजिक सञ्जाल साइट टेलिग्राममा यो सजायको पुनरावेदन गरिने उल्लेख गरेका छन् ।

रूसी अधिकारीहरूले नाभाल्नीको भ्रष्टाचार विरोधी फाउन्डेसनलाई सन् २०२१ मा अतिवादीको रूपमा तोकेका थिए । रूस सरकारले प्रभावकारी रूपमा यसलाई प्रतिबन्ध लगाएको मात्रै होइन,  यसका सदस्यहरूलाई विभिन्न अभियोग लगाइ सो फाउन्डेसनका सदस्य कतिपयलाई कडा कारबाहीसमेत गरिएको छ ।

फडेयेभाले संगठनको स्थानीय अध्यायको नेतृत्व गरेकी थिइन्  । सन् २०२० मा उनी टम्स्क नगरपालिका काउन्सिलमा निर्वाचित भइन्, जसलाई राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारका विरोधीहरूका लागि उल्लेखनीय विजयको रूपमा हेरिएको थियो । सो निर्वाचनमा ठूलो मात्रामा चुनावबाट प्रतिद्वन्द्वीहरूलाई रोक्नका लागि पुटिनको सरकारले खोजेको थियो।

भ्रष्टाचार विरोधी फाउन्डेसनले गैरकानुनी घोषणा गरेपछि उनलाई डिसेम्बर २०२१ मा इन्टरनेट प्रयोग गर्न प्रतिबन्ध लगाइएको थियो । उनी अक्टोबरदेखि घरमै नजरबन्दमा थिइन् ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  १२ : २१ बजे

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले