चुरे उत्खननको सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ | Khabarhub Khabarhub

चुरे उत्खननको सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सिरहा– चुरे तथा वन क्षेत्रमा अवैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेकेदारलाई सिफारिस दिएको आरोपमा डिभिजन वन कार्यालय लहानले कर्जन्हा नगरपालिका–१ का वडाध्यक्ष फणिन्द्रप्रसाद पोखरेललाई शुक्रबार पक्राउ गरेको छ ।  

यही पुस ७ गते कर्जन्हा–१ बल्टियास्थित चुरे वन क्षेत्रभित्रको कमला नदीको बगरमा डोजर प्रयोग गरी अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन कार्यमा ऐन, कानुन विपरीत सिफारिस सहयोग गरेको प्रमाण भेटिएपछि वनले वडाध्यक्ष पोखरेललाई पक्राउ गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए । 

सूचना अधिकारी चौधरीका अनुसार पक्राउ परेका अध्यक्ष पोखरेललाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयको हिरासतमा राखिएको छ । यसै मुद्दामा बिहीबार डिभिजन वन कार्यालयले कर्जन्हा–७ स्थित कमला नदी किनारमा कम्लेश्वरी कमला क्रसरका सञ्चालक मोहम्मद खलिल राइनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

पुस ७ गते वन क्षेत्रमा पर्ने कमला नदी किनारबाट उत्खनन गरिरहेको अवस्थामा एक थान डोजरसहित चालक प्रदीपकुमार दर्लामी र स्थानीय ठेकेदार निरज बस्नेतलाई पनि वन कार्यालयले नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएकाहरूलाई डिभिजन वन कार्यालयको हिरासतमा राखिएको छ । 

उनीहरूविरुद्ध चुरे संरक्षित क्षेत्र तथा वन क्षेत्रमा अवैध उत्खनन गरेको कसुरमा मुद्दा चलाइने सूचना अधिकारी चौधरीले जानकारी दिए । 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  १ : ३१ बजे

कांग्रेस-एमाले सरकार टिकिरहे माओवादी बलियो भएर आउँछ : प्रचण्ड

विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समानुपातिक र

चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन निर्माण अन्तिम चरणमा

काठमाडौं – त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा

विपक्षी नेताले शरण लिएको भन्दै भेनेजुएलाको अर्जेन्टिनी दूतावासमा सुरक्षा बलको घेराबन्दी

काठमाडौं– भेनेजुएलाको सुरक्षा बलले राजधानी काराकसमा रहेको अर्जेन्टिनी दूतावासलाई घेराबन्दी

थप २० मिटर छोड्नुपर्ने फैसलाले खैलबैला, स्थानीय आन्दोलित (तस्बिरहरू)

सर्वोच्च अदालतले काठमाडौं उपत्यकामा नदीको मापदण्ड २० मिटर बढाउने निर्णय

‘माओवादी केन्द्रका सबै नेतामा बोसो लागेको छ’

नेकपा (माओवादी केन्द्र) ले प्रतिपक्षीको भूमिकामा पुगेपछि संसदमा विभिन्न प्रश्नहरू