बाक्लो हुस्सुले तराईका विमानस्थलमा उडान प्रभावित | Khabarhub Khabarhub

बाक्लो हुस्सुले तराईका विमानस्थलमा उडान प्रभावित


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिकूल मौसमका कारण भैरहवासहित तराईका चार विमानस्थलको उडान प्रभावित भएको छ ।

तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण ‘भिजिबिलिटी’ कमजोर हुदाँ त्यस क्षेत्रको हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता सुवास झाले बाक्लो हुस्सु÷कुहिरोका कारण तराईका विमानस्थलहरु सिमरा, जनकपुर, भरतपुर र भैरहवाको उडान प्रभावित भएको हो । ती चार विमानस्थलमा आज पनि कुनै उडान भएनन् । भैरहवा विमानस्थलमा हिजो शुक्रबार पनि कुनै आन्तरिक उडान भएन ।

शुक्रबार नै प्रतिकूल मौसमका कारण धेरैजसो विमान कम्पनीले निर्धारित उडान रद्द गरेका थिए । विशेषगरी हिउँदमा तराईका विमानस्थलमा बाक्लो हुस्सु लाग्नाले आन्तरिक उडान प्रभावित हुने गरेको छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  २ : ४८ बजे

युक्रेनी राष्ट्रपति भन्छन्- ट्रम्प फेरि राष्ट्रपति बने उनीसँग काम गर्न सहज हुँदैन

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति

पर्या-पर्यटन प्रवर्द्धन गर्न सोभातालमा डुंगा सञ्चालन

कञ्चनपुर– पर्या–पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बेलौरी नगरपालिका–५ सोभातालमा डुङ्गा सञ्चालनमा

मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र

सन्तोष सेन : जब्बर र आँटिला निर्माता, स्वार्थ नै फिल्ममा लगानी

काठमाडौं– निर्देशक तथा निर्माता सन्तोष सेन आँटिला फिल्म मेकरका रूपमा

कांग्रेस-एमाले गठबन्धनविरुद्ध मधेसमा मोर्चाबन्दी

जनकपुरधाम- नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको गठबन्धनसँगै संविधान संशोधनको