पर्सालाई हराउँदै पुलिसले जित्यो प्रो क्लबको उपाधि « Khabarhub

पर्सालाई हराउँदै पुलिसले जित्यो प्रो क्लबको उपाधि


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पुलिस क्लबले वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबले पर्सा-११ लाई १०० रनले पराजित गर्दै उपाधि जितेको हो।

नेपाल पुलिसले दिएको १४६ रनको लक्ष्य पछाएको पर्सा ११ ओभरमा केवल ४५ रन बनाएर अल आउट भएको थियो।

पर्साका लागि अनिल शाहले सर्वाधिक १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्। पर्साको ब्याटिङ लाइन ध्वस्त गर्ने क्रममा पुलिसका सागर ढकालले सर्वाधिक ४ विकेट लिएका थिए भने ललित राजवंशी र रशिद खानले २-२ विकेट लिएका थिए। त्यस्तै करण केसी र शेर मल्लले एक एक विकेट लिएका थिए।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। पुलिसका लागि करण केसीले विस्फोटक १७ बलमा ४० रन बनाएका थिए भने अर्जुन साउदले २६, शंकर रानाले १९, दिलिप नाथले १७ र कप्तान आसिफ सेखले १६ रन बनाएका थिए।

यस खेलमा पर्साका नियमित कप्तान सन्दीप लामिछाने खेलेका थिएनन्। शुक्रबार काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्का

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ५ : २४ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।