युवा पलायनले नाइजेरियामा ‘ब्रेन ड्रेन’ को समस्या | Khabarhub Khabarhub

युवा पलायनले नाइजेरियामा ‘ब्रेन ड्रेन’ को समस्या


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिड महामारीबाट समस्यामा परेको संसारको अर्थतन्त्र ३ वर्ष पुरा हुँदा पनि उक्सन पाएन । संसारका धेरै देशको पर्यटन व्यवसाय त ठप्प नै भए । बीआरआइको रूपमा चिनिँया ऋणको जालो पछिल्लो समय संसारको समस्या बनेको छ । यो जालोले धेरै देशलाई क्षतविक्षत नै बनाएको छ ।

तेस्रो विश्वयुद्धमा रहेको भ्रष्टाचार र घुस खोरीको समस्या, राजनीतिक अस्थिर, जलवायु परिवर्तनका कारण देखिएको प्राकृतिक विपत्ति यी यावत समस्यामा गृहयुद्ध पनि भएका देशको अवस्था त झनै विकराल हुने भई नै हाल्यो ।

पछिल्लो समय यसरी सङ्कटग्रस्त हुने देशमा नाइजेरिया अग्रणी रहेको छ । अफ्रिकाको सबैभन्दा ठूला अर्थतन्त्र भएको नाइजेरियाको अवस्था पनि बिग्रिएको छ । जीवन यापन नै कठिन भए पछि त्यहाँका धेरै युवा विदेसिएका छन् ।

‘हामी जब पसल जान्छौ । तब के गर्ने भनेर समस्या उत्पन्न हुन्छ । भाउ बढेको बढ्यै छ । घरमा परिवार पनि छन् । सबैको जीवन कसरी चलाउने भन्ने नै समस्या छ’ निदाउरो अनुहार लगाएकी ओरोमा कुकीको कथन हो यो ।

एक वर्ष अगाडि नै नाइजेरियाको सबै भन्दा ठुलो सहर लागोसमा रहेकी उनी परिवार सहित नै लन्डन पुगेकी उनले भनिन् । उनका श्रीमान् तथा व्यापारिक साझेदार ओसाइनलाई ग्लोबल ट्यालेन्ट भिसा लागे पछि उनी त्यस तर्फ गएका हुन् । बेलायतले आफूलाई डिजिटल प्रविधि सहित शिक्षा , कला र संस्कृतिमा अग्रणी बनाउने क्रममा संसारका अन्य देशका होनहार युवालाई आफ्नो देशमा भित्र्याउने नीति लिएको छ ।

उनले लागोसमा आफ्नो परिवार चलाउन नै कठिन भएको प्रतिक्रिया दिएकी छिन् । उनी भन्छिन्, ‘हाम्रो पैसाले एकदमै थोरै कुराको मात्र खरिद भइरहेको छ । हामीलाई दैनिक जीवनको बिल तिर्न पनि कठिन थियो । दैनिक आधारभूत आवश्यकताका सामान किन्न पनि कठिन थियो ।’

बेलायतको युनिभर्सिटी अफ लथमब्रीयामा अध्ययन गरेका ओरामा २० वर्ष अगाडि नाइजेरिया फर्केकी थिइन् । उनले आफ्नो अध्ययनलाई देश विकासका लागि नै प्रयोग गर्न चाहेको थिइन् । ओसाइनसँग मिलेर उनले टिकाउ पूर्ण जीवनयापनका लागि आधारभूत ब्रान्डको निर्माणमा आफूलाई समर्पित गरेकी थिइन् ।

स्थानीय सामग्रीहरूका साथै कलात्मक सामग्रीहरूको निर्माणमा उनले आफूलाई समर्पित गरेकी थिइन् । नाइजेरियामा कटनको समानलाई बढी महत्त्व र भूमिका दिने सवालमा पनि उनी अग्रणी थिइन् ।

जीवनको यापनको मूल्य बढेसँगै उनका सबै ती योजनामा तुसारापात भएका छन् । ओरोमाको विचारमा नाइजेरियामा सबै कच्चा पदार्थ उत्पादन नहुने तथा बाहिर बाट ल्याउँदा त्यहाँ आइपुग्दा पहिलेको भन्दा एकदमै धेरै मूल्य पर्न थालेको गुनासो गर्न थालेकी छिन् । नाइजेरियामा हरेकले सामानको मूल्य बढाउन थाले पछि बाध्य भएर व्यवसाय छाड्न परेको दुखेसो उनीसँग छ ।

एकातीर उनको उत्पादन मूल्य बढेको छ भने उनका उत्पादनको माग पनि घट्न थालेको छ जीवन यापनका हरेक सामग्रीको मूल्य बढे पछि दैनिक उपभोग्य बस्तु बाहेक अन्यमा ग्राहकको ध्यान नै जान छाड्यो । यसले उनले उत्पादन गरेका सामग्रीले बजार पाउन नै अत्यन्त कठिन हुन थालेको थियो ।

नाइजेरियामा मानिसको आम्दानीको ६३ प्रतिशत नै खाद्यान्न खरिदमा खर्च हुन थालेको छ । यी सबै घटना युवा नाइजेरियालीका लागि कठिन भएको ओरामाको अनुभव छ । उनले आफ्नी आमासँग बसेर बाल्यकालको स्मरण पनि गरेकी थिइन् । उनकै आमाको युवा अवस्थामा नाइजेरिया यत्ति सम्पन्न भएको थियो की घर गाडी र बङ्गला पनि त्यहाँ कठिन थिएनन् । आमाको स्मरण सुने पछि नै उनलाई आफ्नो देश आफूहरूका लागि सहज नभएको महसुस भएको थियो ।

पछिल्लो समय नाइजेरियाका युवाको बिदेसिने क्रम बढ्दो छ । यसैको एउटा उदाहरण मात्र ओरामा हुन् । त्यहाँको यकिन तथ्यांक त कसैका लागि पनि पाउन कठिन छ , तर, के सत्य हो भने पछि सन् २०१९ पछि बेलायतमा नाइजेरियाका व्यक्तिलाई कामदार भिसामा चौगुना वृद्धि भएको छ । यस बिचमा ७ सय भन्दा बढीले विद्यार्थी भिसा पाएका छन् ।

दूतावास र अध्यागमन प्रक्रिया केन्द्रमा हरेक दिन सयौँको लाइन देख्न सकिन्छ । सबै जना नाइजेरिया छाडेर विदेशिन चाहनेहरू नै छन् । त्यहाँ अहिले सामाजिक सञ्जालमा पनि कसरी बिदेसिने भन्ने बारेमा नै धेरै बहस हुन थालेका छन् । एकले अर्कोलाई यसको बारे उपाय सिकाउन थालेका छन् ।

नाइजेरियामा अहिले शैक्षिक व्यक्तिको पहिचानको मापदण्ड नै फेरिएको छ । जो सहनै कानुनी प्रक्रिया पुरा गरेर विदेशमा बस्न सक्छ, नाइजेरियामा उसैलाई शिक्षित भन्ने गरिएको छ । यसमा चिकित्सक, नर्स, इन्जिनियर र आइटी विशेषज्ञ लगायत रहने गरेका छन् । अहिले नाइजेरिया ब्रेन ड्रेनको गम्भीर समस्याबाट अल्झिएको छ ।

नाइजेरियाको मेडिकल एसोसिएसनका अनुसार प्रत्येक साता ५० भन्दा बढीले त्यो स्थान छाड्ने गरेका छन् । काम गर्नका लागि असहज वातावरण, कम तलब र बढ्दो महँगी त्यहाँका शिक्षित व्यक्तिले देश छाड्नुको प्रमुख कारण बनेको छ ।

नाइजेरियाको दक्षिण पश्चिम सहर इबाडानमा रहेको युनिभर्सिटी कलेन हस्पिटलका जुनियर डाक्टर कुन्ले इबीसोला अहिले स्कटल्यान्डमा कार्यरत छन् । उनले आफ्नो कथाले धेरै नाइजेरियाली चिकित्सकको कथाको प्रतिनिधित्व गर्ने बताएका छन् । उनले आफूले नाइजेरियामै रहेर पेसालाई निरन्तरता दिन चाहे पनि धेरै कुराले अप्ठेरो पारेको बताएका छन् ।

उनले नाइजेरिया छाड्नुको मुख्य कारण त्यहाँ बढेको महँगी र बेलायतको तलब नै हो । उनले नाइजेरियाको मासिक तलब र बेलायतमा ६ देखि ८ घण्टा काम गर्दाको तलब बराबर भएको बताएका छन् ।

त्यहाँ केही प्रशासनिक झन्झटले गर्दा ६ देखि नौ महिनासम्म तलब नपाएको अवस्था समेत आएका छन् । धेरै वरिष्ठ चिकित्सकहरू गाडीमा पेट्रोल हाल्न तथा बच्चाहरूको विद्यालयको शुल्क तिर्न पनि नसक्ने अवस्थामा पुगी सकेका छन् ।

कुन्लेले भने आफ्नी श्रीमती र बच्चालाई जत्ति सक्दो चाँडो नाइजेरियामा बोलाउने विचार गरेका छन् । कुन्लेको बिचारमा त नाइजेरियाको अवस्था चरम निराशाजनक नै छ । कत्तिसम्म भने चिकित्सक शास्त्रका अध्ययन संस्था नै धेरैजसो बन्द हुने अवस्थामा छन् । जीवन यापन नै कठिन बनेकै कारण धेरै नाइजेरियालीले आफूलाई दुर्भाग्यशाली ठान्न थालेका छन् ।

पछिल्ला दुई वर्ष नाइजेरिया देश छाड्न चाहने चिकित्सकको ठुलो लर्को नै छ । अर्थशास्त्री चेता नवान्जे मुद्रास्फीति नै यो निराशाको प्रमुख कारण भएको बताउँछन् । यो मुद्रास्फीतिसँगै बढेको खाद्यान्नको मूल्य त आश्चर्यजनक नै छ ।

त्यहाँको मूल्य सूचकांक हेर्दा अति आवश्यक बस्तुको मूल्यमा पछिल्लो ५ वर्षमा दुई गुना वृद्धि भएको छ । उनले पनि संसारका अन्य देशलाई पारेको विश्वव्यापी विषयले नाइजेरियालाई पनि अप्ठेरो पारेको बताएका छन् ।

कोभिड महामारी, रुस र युक्रेन बिचको युद्ध त संसारका कुनै पनि देशमा आएका समस्याका मुख्य कारण भई नै हाले । साथमा देश भित्रको आन्तरिक कारणले पनि धेरै कुरालाई असर गरेको अर्थशास्त्रीको मत छ ।

यी सबै कारणले नाइजेरियाका बौद्धिक व्यक्ति केही समयमा अझ धेरै जनाले देश छाड्ने सम्भावना बढेको बताइन्छ ।

 

(श्रोत : बीबीसी)

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १२ : ११ बजे

कसले भेट्टायो भाटभटेनीको गहना ? (फोटो फिचर)

काठमाडौं- हाँडीगाउँमा किरातकालदेखि नै वैशाख कृष्ण प्रतिपदामा प्रख्यात जात्रा लाग्छ

दोलखामा सय दिने रोजगारीका लागि १५ हजार बढीले दिए आवेदन 

दोलखा– प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि दोलखाका नौ स्थानीयतहका १५ हजार

त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता

लुम्बिनीमा बिना विभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी

बुटवल– लुम्बिनी प्रदेशका विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

काठमाडौं– यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन