समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डलाई दियो २० बुँदे सुझाव « Khabarhub

समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डलाई दियो २० बुँदे सुझाव

आर्थिक संकट समाधानको पहल


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गर्दै समाजवादी पार्टीले २० बुँदे ज्ञापनपत्र बुझाएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी समस्यामा परेको बताएका छन् । आर्थिक समस्याले बाँच्न धौधौ हुँदा दैनिक आत्महत्या बढेको ठहर समाजवादी पार्टीको छ ।

‘देशको आर्थिक संकट समाधानका लागि आवश्यक व्यवस्था गरोस्’, अध्यक्ष नेपालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा लेखिएको छ । आर्थिक संकट समाधानका लागि प्रधानमन्त्री प्रचण्डलाई विभिन्न २० बुँदामा सुझावसमेत दिइएको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १० : ०० बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा