नाबालिकामाथि यौन शोषण गरेको आरोपमा बाल अनाथालयका प्रमुख पक्राउ « Khabarhub

नाबालिकामाथि यौन शोषण गरेको आरोपमा बाल अनाथालयका प्रमुख पक्राउ


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नाबालिकामाथि यौन शोषण गरेको आरोपमा महेन्द्रनगरस्थित अञ्चल बाल अनाथालयका प्रमुख शङ्करबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मङ्गलबार भीमदत्त नगरपालिका–४ स्थित अञ्चल बाल अनाथालयको कार्यालयबाटै प्रमुख चन्दलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्रबहादुर शाहले अनाथालयमा आश्रय लिएका नाबालिकासँग अनैतिक सम्बन्ध रहेको सूचना आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको बताए ।

“कार्यालय प्रमुखबाट नाबालिकामाथि यौनजन्य दुर्व्यवहार भएको सूचना पाएपछि नियन्त्रणमा लिएका हौँ ।” उनले भने, “मौखिक सूचना आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ ।”

अनाथालयमै आश्रय लिएकी नाबालिकाको गर्भ तुहिएपछि घटना बाहिरिएको हो । अभिभावकविहीन बालबालिकाको आश्रयस्थलमै नाबालिक असुरक्षित भएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ६ : २५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार