दैलेखमा गाडी दुर्घटना हुँदा १३ जना घाइते « Khabarhub

दैलेखमा गाडी दुर्घटना हुँदा १३ जना घाइते


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाडी दैलेखको रामघाटमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गको दैलेखस्थित रामाघाटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । अन्य आठ जना समान्य घाइते भएको प्रहरीले जनाएको छ ।

११ जना यात्रु र दुई जना चालक गरी १३ जना रहेकोमा सबै जना घाइते भएको प्रहरीको भनाइ छ । घाइतेहरूको पहिचान हुन बाँकी छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ७ : ५९ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन