ओलम्पिकको एसिया छनोटका लागि महिला फुटबल खेलाडीको घोषणा « Khabarhub

ओलम्पिकको एसिया छनोटका लागि महिला फुटबल खेलाडीको घोषणा


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पेरिस ओलम्पिकको एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि आज २२ सदस्यीय नेपाली खेलाडीको अन्तिम नाम सार्वजनिक गरिएको छ । नेपालमा आयोजना हुने एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २२ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

छनोट हुने नेपाली टोलीको गोलकिपरमा कप्तान एन्जिलासहित अञ्जना रानामगर र उषानाथ छन् । त्यस्तै, डिफेन्डरमा समीक्षा घिमिरे, हीराकुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना र सिर्जना चेम्जोङ छन् । यसैगरी मिडफिल्डरमा रेनुका नगरकोटी, विमला चौधरी, सरु लिम्बू, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत र अनिता केसी छन् भने फरवार्डमा अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ र निर्मला विक छन् ।

ओलम्पिकको एसिया छनोटमा नेपाल समूह ‘सी’मा परेको छ । यस समूहमा नेपाल र भियतनाम छन् । यसै समूहमा रहेका प्यालेस्टाइन र अफगानिस्तानले नखेल्ने भन्दै नाम फिर्ता लिएपछि दुई टोलीमात्र सहभागी हुन लागेका हुन् । छनोटअन्तर्गत नेपालले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भियतनामसँग दुई खेल खेल्नेछ । नेपालले पहिलो खेल यही चैत २२ गते खेल्ने छ भने दोस्रो खेल चैत २५ गते खेल्नेछ । छनोटको शीर्षस्थान हासिल गर्ने टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ५ : ०४ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल