पाकिस्तानमा औषधिको चरम अभाव « Khabarhub

पाकिस्तानमा औषधिको चरम अभाव


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा औषधिको चरम अभाव देखिएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार मुलुकमा आर्थिक संकट गहिरिँदै गर्दा औषधिको अभाव देखिएको हो ।

सरकारले औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्न लेटर अफ क्रेडिट (एलसी) खुला नगरेका कारण यस्तो समस्या आएको पाकिस्तान चिकित्सा संघ पीएमएले जनाएको छ । पीएमएले सरकारलाई औषधि अभावको समाधान गर्न तत्काल एलसी खुला गर्न माग गरेको छ ।

यसअघि पाकिस्तानका औषधि उत्पादकले बजारमा कृत्रिम रुपमा मूल्य बढाउनका लागि उत्पादन बन्द गर्ने गरेको बताइएको थियो । यस्तै, पाकिस्तानमा आर्थिक संकट अझै सामान्य हुन नसकेको अवस्थामा बजारमा औषधिको कालोबजारी पनि बढ्दै गएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ३ : १६ बजे

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको