ए डिभिजन लिगमा आज दुई खेल हुने « Khabarhub

ए डिभिजन लिगमा आज दुई खेल हुने


१७ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दशौँ चरण अन्तर्गतका खेल हुँदैछन् । आज मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लब तथा थ्री स्टार र संकटाबीच प्रतिस्पर्धा हुँदैछ ।

मछिन्द्र र सातदोबाटोको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ । जारी लिगमा ३६ अंक जोडेर तेस्रो स्थानमा रहेको मछिन्द्र दशौँ जित निकाल्ने लक्ष्यमा रहेको छ भने २९ अंकका साथ छैटौँ स्थानमा रहेको सातदोबाटो नवौँ जितको खोजीमा हुनेछ ।

यस्तै, आजै हुने अर्को खेलमा थ्री स्टार र संकटा भिड्ने छन् । च्यासल मैदानमा दिउँसो ३ बजे हुने खेलमा दुबै टोली जित निकाल्दै अङ्क तालिकामा सुधार ल्याउने प्रयासमा हुनेछन् । जारी लिगमा थ्री स्टारले २२ खेलबाट २६ अङ्क जोडेको छ भने संकटाको पनि २६ अङ्क नै छ । 

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ७ : १५ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि