प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध २६ जेठसम्म उजुरी दिन सकिने « Khabarhub

प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध २६ जेठसम्म उजुरी दिन सकिने


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानन्यायाधीशका लागि सिफारिस सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध जेठ २६ गतेसम्म उजुरी दिन सकिने भएको छ।

संघीय संसद अन्तर्गतको संसदीय सुनवाइ समितिले मंगलबार कार्कीविरुद्धको उजुरी आव्हान गरेको हो।  ‘नेपालको प्रधानन्यायाधीश पदमा देहाय बमोजिमका व्यक्ति (कार्की)को नियुक्तिका लागि संवैधानिक परिषदबाट सिफारिस भई संसदीय सुनवाइका लागि मिति २०८० वैशाख २७ गते यस समितिमा पत्र प्राप्त हुन आएकाले सर्वसाधारणको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा भनिएको छ, ‘उक्त पदमा उहाँलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवम् सबुत प्रमाणसहित मिति २०८० जेठ २६ गते कार्यालय समय भित्र यस समिति समक्ष निम्न माध्यममार्फत वा सोझै समितिमा आई सुचना वा उजुरी दिन सकिने ब्यहोरा यसै सूचनाद्वारा सूचित गरिन्छ।’

समितिका अनुसार सुचना दाताले नाम थर, वतन र सम्पर्क नम्बर राख्नु पर्नेछ। आफूले चाहेमा आफ्नो नाम, थर गोप्य राख्न पनि सक्नेछ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ७ : ३९ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी