खानाको ४२ लाख तिरे पछि नगरपालिकामा विवाद « Khabarhub

खानाको ४२ लाख तिरे पछि नगरपालिकामा विवाद


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – जाजरकोटको छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्च भन्दै ४२ लाख रुपैयाँ होटेललाई भुक्तानी दिएपछि विवाद भएको छ। जनप्रतिनिधिले खाना खाएको १२ लाख १३३ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको अर्को बिल लेखा शाखामा पुगेको छ।

जनप्रतिनिधिले भने निर्वाचित भएदेखि हालसम्म भएका दुईवटा नगरसभामा २ लाख ७० हजारको नास्ता र स्टेशनरीमा १ लाख ७० हजार मात्र खर्च भएको बताएका छन्।

कर्मचारीको मिलेमतोमा भुक्तानी भएको छेडागाड नगरपालिका-१२ का वडाध्यक्ष तथा छानबिन समितिका संयोजक प्रेमबहादुर खत्रीले आरोप लगाएका छन्।

खत्रीका अनुसार न्यौपाने होटेलमा २५ लाख ६० हजार ८२५ भुक्तानी भइसकेको र १२ लाख भुक्तानी हुन बाँकी रहेको पाइएको छ। त्यस्तै दीपा होटेलको १६ लाख ८५ हजार ५०२ रुपैयाँ भुक्तानी भइसकेको पाइएको छ।

त्यस्तै कार्यपालिकाका बैठक १६ वटा भएका छन्। जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले खाना खाने ठाउँ एकै ठाउँमा भएका कारण बिल मिलाउन सजिलो भएको छानबिन समितिका संयोजक खत्रीले बताए। होटेल सञ्चालकले प्रमुख प्रशासकीय अधिकृतले भनेअनुसार बिल बनाएको बताएको उनको भनाइ छ।

नगरप्रमुख रत्नबहादुर खड्काले यसबारे छानबिन भइरहेको बताए। निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर आरसीले आफूले सो बिलको भुक्तानी नदिएको बताए।

 

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ९ : ०८ बजे

अनौठो शैलीका कारण कङ्गोली फ्यानलाई अमेरिकले दिएन भिसा

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का प्रख्यात ‘सुपरफ्यान’

आरोही फुञ्जो बनिन् चुननुब्रीको पर्यटन सद्भावना दूत

गोरखा– कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन

कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि हुँदै

कर्णाली– ‘कर्णाली क्रिकेट कप २०८३’ आज (आइतबार)देखि प्रदेश राजधानी सुर्खेतको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर