जलहरी प्रकरणको अनुसन्धान अख्तियारले गर्नुपर्छ | Khabarhub Khabarhub

जलहरी प्रकरणको अनुसन्धान अख्तियारले गर्नुपर्छ


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

करिब २७ महिना अगाडि पशुपतिनाथ मन्दिरमा भएको भनिएको घोटाला प्रकरणले अहिले चर्चा पाएको छ। सत्ता पक्षका दलका सांसदले यो विषय उठान गरेका हुन्। यो विषय उठान भइसकेपछि प्रतिपक्षले संसद् अवरुद्ध गरेको थियो। सत्ता पक्षले यो अभिव्यक्ति फिर्ता लिएर संसद्को रेकर्डबाट हटाइसकेपछि सहमति भएको छ। ठूलठूला भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि भ्रष्टाचारको विषयमा संसदलाई बोल्नै नदिने सहमति शीर्ष नेताले गरेका हुन्। यसको आम नागरिकले भने विरोध गरेका छन्। पशुपतिनाथ मन्दिरमा यो हदसम्मको घोटाला कसरी भयो ? यसै विषयमा आधारित भएर पूर्व कार्यवाहक महालेखा परीक्षक सुकदेव भट्टराई खत्रीसँग सुशील पाण्डेले गरेको कुराकानी सम्पादित अंश :

पशुपतिनाथ मन्दिरको जलहरी राख्ने समयमा भएको के हो ?
महालेखाको प्रतिवेदनले नै पशुपतिनाथ मन्दिरमा भएको घटना त्यहाँ हुने पदाधिकारी र त्यसमा संलग्न वस्तु स्थितिलाई जानकारी गराइएको छ। पशुपतिमा शिवलिङ्ग ढाक्न सुनको जलहरी निर्माणको लागि नेपाल राष्ट्र बैंकबाट १०३ केजी ७७ ग्राम सुन ल्याइएको छ। ८० करोड ११ हजार रुपैयाँमा खरिद गरेको हो। अन्य धातु तामा, चाँदी सबै गरेर १०७ केजी ९ सय २४ ग्राम रहेको छ। जलहरी, जलधारा, नाग, नाग मूर्ति, सुनका किला समेत प्रयोग गर्न सुनको तौल ९६ केजी ८ सय २२ ग्राम मुचुल्काले उल्लेख गरेको छ। बाँकी सुन १० केजी ९ सय ७६ ग्राम जुन रिङ जलहरिमा लगाएको उल्लेख गरिएको छ। यसको मूल्य सात करोड ४६ लाख ४६ हजार छ।
जलहरी बनाएर बाँकी रहेको सुन सम्बन्धी विवरण पेस नभएको भन्ने लेखा परीक्षण प्रतिवेदनले पेस गरेको देखिन्छ।

यो महालेखाले परीक्षण गरेको करिब १५/१६ महिना अगाडिको कुरो हो। पशुपति विकास कोषले यसको उत्तर दिन सकेको छैन। महालेखा परीक्षणले नै ध्यान दिएको छैन। अहिले अन्तिम समयमा आएर यो केही भएको छैन भन्ने धारण व्यक्त गर्नु ठिक मान्न सकिँदैन।

महालेखा परीक्षकले प्रतिवेदन सार्वजनिक गरेर हल्ला गर्ने मात्रै हो ?
होइन। महालेखा परीक्षणले पनि कानुनी आधारदेखि लिएर लेखा परीक्षण गर्ने हो। पशुपतिमा क्षमा पूजाको कुरा आयो। हामीले बुझ्नु पर्ने कुरो पशुपति कोष छ। सार्वजनिक खरिद कानुन छ। त्यसपछि आएर पशुपति विकास क्षेत्र कोष छ। मन्दिर तथा पूजा व्यवस्था समिति रहेको छ। अनियमित कार्य यहीबाट सुरु भएको छ। लेखा परीक्षणले त सही र देखेको कुरालाई प्रस्तुत गरेको छ।

सुन त्यही छ, महालेखा परीक्षक कार्यालयले भनिदियो। खोजको के हो ?
यसको पनि एउटा जिम्मा लियोस् भन्छु। गुजेश्वरीमा अष्टदल तथा भैरव मन्दिर मर्मत गर्न भनेर २०५७ सालमा ७ सय १३ तोला सुन प्रयोग गरेको रहेछ। २ मूर्तिमा १८३ तोला कम भयो भनेर मुचुल्का उठाएको छ। पछिल्लो वर्षमा आएका रिपोर्ट हेरेर अघिल्ला वर्ष भएको घटना तथा गलत पक्षलाई सुधार गर्ने हो। तर त्यो भएको छैन।

नेपालीलाई भुटानी शरणार्थी बनाएर खान त खाए पशुपतिनाथलाई पनि नछोड्नुको कारण के हो ?
सीसी क्यामराको तार काटेर जुन घ्याम्पो हरायो भन्ने कुरा आयो। जुन शिवरात्रिको समयमा यस क्षेत्रमा भएको खर्च र आम्दानीको कुरा बढी मात्रामा उठेको थियो। १०३ केजी सुन ८० करोड खर्च गरेर जुन कार्य समर्पण प्रतिवेदन तथा प्राविधिक कुराहरू मुचुल्का जस्ता कार्य भएको छ। जलहरीको ठाउँमा अन्य धातु थियो होला। यो पनि शंकाको विषय छ।

सबै लुटी खाने सबै झुट बोलेर अनियमितता गर्ने तै चुप मै चुपको स्थिति छ। किन यस्तो भएको हो ?
हामीले १२ तोलाको सुन बनाउन लागेको समयमा त खान्छ। यति उति भनेर रकम काटेर हिसाब गर्छ। त्यो ८० करोडको सुनमा अनियमितता भएन, कसैले लोभ गरेन भनेर म भन्दै भन्दिन। सुन घटाएर तामा राखियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालयले छानबिन गरिरहेको छ। बयान लिइसकेको छ। अहिलेसम्म २५ जनाको बयान लिएको छ। यो संसदीय समिति राष्ट्र बैंकको लागि निर्णयमा भने सबै लागि परेको तर अन्त्यमा पछि हट्नुको कारण त आफै बुझ्न सकिन्छ।

यो प्रकरण पनि झासझुस जाने भयो ?
यो प्रकरण त त्यसै जाँदैन। त्यसै नजाला महालेखाले रिपोर्ट राखेको नै छ। अख्तियारले एक किसिमले जाँचबुझ गरिरहेको छ। राजनीतिक नेता मिलेर बनाउने हो भने कुनै न कुनै रूपमा मुछिएका नै छन्। एकले अर्कोको पोल खोल्दै समय बित्ने देखिन्छ।
(एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुतः कुसुम गौतम

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ९ : ३० बजे

भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण गरिँदै

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको आगम

सेती लोकमार्ग चाँडो सक्न बर्दगोरिया महोत्सव सुरु

कैलाली – कैलालीको बौनियामा आजबाट बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव

दार्चुलामा भूकम्पको धक्का महसुस

काठमाड‌ौं -दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प

धरहराबाट एक महिनामा ५५ लाख राजस्व सङ्कलन

काठमाडौं – विसं.. २०७२ को भूकम्पले पूर्णरूपमा क्षति भएपछि पुनः

गुरुङ समुदायले ‘तमू ल्होसार’ साताभर मनाउने

काठमाडौं – गुरुङ समुदायले तमू ल्होसार सप्ताहव्यापी रूपमा मनाउने भएका