आज विश्व धूमपानरहित दिवस मनाइँदै « Khabarhub

आज विश्व धूमपानरहित दिवस मनाइँदै


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज विश्व धूमपान तथा सुर्तीजन्य पदार्थरहित दिवस मनाइँदै छ । ‘हामीलाई खाना चाहिन्छ, सुर्ती होइन’ भन्ने नाराका साथ स्वास्थ्य सम्बन्धी विभिन्न संघसंस्थाहरुले यो दिवस मनाउँदै छन् । हरेक वर्ष मे ३१ का दिन मनाइने यस दिवसमा धूमपान तथा सुर्तीजन्य पदार्थको घातक असर र यसले परिवार, समाज र वातावरणमा पार्ने असर बारे सचेत गराइन्छ । 

सन् १९८७ मा विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूले सुर्तीजन्य पदार्थको घातक असरबारे सचेतना जगाउन विश्व धूम्रपान रहित दिवसको स्थापना गरेका थिए । त्यसपछि सन् १९८८ अप्रिल ७ मा विश्व धूमपानरहित दिवसको विश्व स्वास्थ्य संगठनको सभाले पारित गरेपछि मे ३१ लाई विश्व धूमपानरहित दिवसको रुपमा मनाउन थालिएको हो ।

विश्वमा हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको तथ्यांक छ । नेपाल धूमपान गर्ने देशहरूको २२औँ स्थानमा पर्दछ । धूमपान तथा सुर्तीजन्य पदार्थले मुख तथा फोक्सोमा मात्र नभई खाना नली, कलेजो, पेट, आन्द्रा, पाठेघरको मुख, पिसाब थैली, मिर्गौलालगायतको क्यान्सर समेत हुने गर्दछ ।  

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  १० : २५ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि