माटाका भाँडा बिक्री हुन छाडेपछि व्यवसायी समस्यामा « Khabarhub

माटाका भाँडा बिक्री हुन छाडेपछि व्यवसायी समस्यामा


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाका शिरबहादुर सुनार १५ वर्षभन्दा बढी समय माटाको भाँडा व्यवसाय गरे । पछिल्लो समय आयातित धातुका भाँडाले माटाका सामग्री विस्थापित हुँदै गएपछि उनले यो व्यवसायनै छोडे । उनले भने ,’अहिले त जताततै प्लास्टिक, इस्टिल, सिल्टीका भाँडा पाइन्छ, उतिबेला माटोका बाहेक अरु भाँडा कम पाइन्थे, त्यही भएर पनि व्यापार राम्रो हुन्थ्यो, तर अहिले बिक्री हुनै छोड्यो ।’ बजारबाट विभिन्न भाँडावर्तन खरिद गर्ने र गाउँ–गाउँमा पुगरे व्यापार गर्ने उनी अहिले घरधन्दामै व्यस्त छन् ।

एक दशक अगाडिसम्म बागलुङका बजार र ग्रामीण क्षेत्रमा माटाका भाँडा प्रसस्त पाइने भए पनि अहिले निकै कम भएको उनको भनाइ छ । यही व्यवसायबाट आफ्नो छोराछोरी पढाउने र परिवार चलाउने गरे पनि माटाका भाँडाको माग निकै कम हुने र व्यापार हुन छोडेपछि व्यवसायबाट अलग्गिनुपरेको उनले बताए ।

काठमाडौँ, भक्तपुर र चितवनदेखि खरिद गरेर भाँडा बिक्री गर्ने उनले व्यापार नभएपछि लाखौँको नोक्सान ब्यहोर्नुपरेको दुखेसो पोखे ।

उनले भने, ‘पहिले गाउँमा रक्सी पार्ने हाँडी, घैँटो र पैसा जम्मा गर्ने खुत्रुकेको माग निकै आउने गथ्र्यो, एकै पटकमा दुई-तीन लाखको सामान खरिद गरेर बेच्ने गर्थे, सुरुको १० वर्ष राम्रो व्यापार भयो, घर बारी जोडे तर पछिल्लो पाँच वर्ष व्यापार निकै कम भयो, खरिद गरेको पैसा पनि नउठेपछि व्यापार गर्न छोडे, अहिले छोराछोरी हुर्किए, उनीहरुले आफ्नो धन्दा गर्न छन्, म बुढो घरको काम गरेर बस्छु, माटोका भाँडा अहिले हराउँदै गए, प्रयोग पनि हुन छोडे ।’

सुनारले बाहिरबाट आउने धातु र प्लास्टिकका भाँडामा राज्यले रोक लगाउन सके मात्रै माटाका भाँडाको प्रयोग बढ्ने बताए । आफ्ना बाउबाजेका पालमा धातुका सामान निकै कम पाइने हुँदा माटाकै भाँडा बढी प्रयोग हुने गरेको उनको भनाइ छ । बागलुङ नगरपालिका–२ का टीकाबहादुर बोसेलले २५ वर्ष माटाका भाँडा बेच्ने काम गरे । अहिले यो व्यवसाय उनकी छोरी ३६ वर्षीया सुमित्रा बोसेलले सञ्चालन गरेकी छन् । बीऔँ वर्ष व्यवसाय गर्दा टीकाबहादुरले राम्रो आम्दानी गर्थिन् । तर अहिले सुमित्राले निकै कम भएको सुनाइन् ।

पाँच वर्षदेखि माटाको भाँडा व्यवसाय सञ्चालन गरेकी बोसेलले मासिक रु १०-१२ हजार आम्दानी गर्न पनि गाह्रो हुने गरेको उनले गुनासो गरिन् । सुमित्राले साँघुरो पसलमा हाँडी, घैटो, गमला, खुत्रुकेलगायत विभिन्न थरीका माटोका सामान राखेकी छन् । ती भाँडासँगै प्लास्टिकका गमला, बाल्टी, खुत्रुकेलगायतका सामान पनि छेउमै छन् । माटाको भाँडा बिक्री नभएपछि प्लास्टिकका भाँडा पनि राखेको उनले सुनाइन् । माटाको भाँडा बेचेर दिनभरिमा रु पाँच सयको कमाइ गर्न पनि नसकिने बताउँछिन् । अहिले भाँडा बेचेर परिवार चलाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

‘दश वर्ष अगाडिसम्म राम्रो व्यापार हुन्थ्यो, बाबाआमाले व्यवसाय गर्ने बेला महिनामै ४० हजारभन्दा बढी आम्दानी गर्नुहुन्थ्यो, अहिले त्यो अवस्था छैन, कहिलेकाहीँ दियो बिक्री हुन्छ ‘, उनले भनिन्, ‘अहिले त तामा, तिपल, फलाम र रबरका धेरै किसिमका भाँडा आए, त्यसले गर्दा माटाका भाँडा व्यापार ठप्पजस्तै भएका छन् ।’

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  १२ : ४६ बजे

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान