सेयर बजारमा ३८.८३ अंकको गिरावट | Khabarhub Khabarhub

सेयर बजारमा ३८.८३ अंकको गिरावट


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजार बुधबार पनि सम्हालिएन । बुधबार नेप्से सूचक ३८.८३ अंकले घटेर १८४९.७९ विन्दुमा आएको छ । २ दिनमै बजार करिब ९२ अंकले घटिसकेको छ ।  आज २ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । 

पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्नुपर्ने लगानीकर्ताले बताएका छन् । बजेटमा लगानीकर्ताले हाल तिरिरहेको पुँजीगत लाभकर अन्तिम नभएको अर्थ लाग्ने गरी भाषा प्रयोग गरिएको छ । बजेट सेयर बजारमैत्री नभएको भन्दै लगानीकर्ताहरू रुष्ट छन् । लगानीकर्ता रिसाँउदा बजार मंगलबारदेखि घटिरहेको छ । अघिल्लो दिन घटेको नेप्से बुधबार पनि सम्हालिन नसकेको हो । 

यस दिन २६२ कम्पनीको ८७ लाख ३६ हजार कित्ता सेयर कारोबार भएको छ । ३४ करोड २८ लाख रुपैयाँसहित कारोबार रकममा प्रभु बैंकको संस्थापक सेयर अग्रस्थानमा परेको छ । 

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र स्टान्डर्ड चार्टर्ड बैंक परेका छन् 

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ३ : ४८ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र