कर्णालीका स्थानीय तहले पाए २७ अर्ब बजेट « Khabarhub

कर्णालीका स्थानीय तहले पाए २७ अर्ब बजेट


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– संघीय सरकारबाट कर्णालीका स्थानीय तहले झण्डै २७ अर्ब बजेट पाएका छन् । आगामी आर्थिक वर्ष २०८०-८१ का लागि सङ्घीय सरकारले प्रस्तुत गरेको बजेटमा कर्णालीका ७९ वटा स्थानीय तहलाई कुल २६ अर्ब ९७ करोड ९३ लाख बजेट बिनियोजन गरिएको छ । 

जिल्लागत रुपमा हेर्दा सुर्खेतका स्थानीय तहले सबैभन्दा बढी बजेट पाएका छन् । सुर्खेतका ९ स्थानीय तहका लागि रु चार अर्ब ८८ करोड ३२ लाख बजेट बिनियोजन गरिएको छ । मुगुका कुल चार स्थानीय तहलाई रु एक अर्ब ३९ करोड ६६ लाख बजेट छुट्याइएको छ । 

संघीय सरकारबाट दैलेखका ११ स्थानीय तहलाई तीन अर्ब ७१ करोड ४८ लाख, जाजरकोटका सात स्थानीय तहलाई रु दुई अर्ब ६५ करोड ६५ लाख, कालिकोटका नौ स्थानीय तहलाई रु दुई अर्ब ७५ करोड १३ लाख र हुम्लाका सात स्थानीय तहलाई रु एक अर्ब ७१ करोड बजेट बिनियोजन गरिएको छ । 

साथै जुम्लाका आठ स्थानीय तहलाई रु दुई अर्ब ३७ करोड २२ लाख, डोल्पाका आठ स्थानीय तहलाई रु एक अर्ब ८४ करोड ७१ लाख, सल्यानका १० स्थानीय तहलाई तीन अर्ब ४१ करोड ९३ लाख र रुकुमपश्चिमका छ स्थानीय तहलाई रु दुई अर्ब २२ करोड ६३ लाख बजेट बिनियोजन गरिएको छ । 

संघीय सरकारले समानीकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान र समपूरक अनुदान शीर्षकमा बजेट दिएको हो ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ४ : ०७ बजे

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६