कर्णालीका स्थानीय तहले पाए २७ अर्ब बजेट « Khabarhub

कर्णालीका स्थानीय तहले पाए २७ अर्ब बजेट


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– संघीय सरकारबाट कर्णालीका स्थानीय तहले झण्डै २७ अर्ब बजेट पाएका छन् । आगामी आर्थिक वर्ष २०८०-८१ का लागि सङ्घीय सरकारले प्रस्तुत गरेको बजेटमा कर्णालीका ७९ वटा स्थानीय तहलाई कुल २६ अर्ब ९७ करोड ९३ लाख बजेट बिनियोजन गरिएको छ । 

जिल्लागत रुपमा हेर्दा सुर्खेतका स्थानीय तहले सबैभन्दा बढी बजेट पाएका छन् । सुर्खेतका ९ स्थानीय तहका लागि रु चार अर्ब ८८ करोड ३२ लाख बजेट बिनियोजन गरिएको छ । मुगुका कुल चार स्थानीय तहलाई रु एक अर्ब ३९ करोड ६६ लाख बजेट छुट्याइएको छ । 

संघीय सरकारबाट दैलेखका ११ स्थानीय तहलाई तीन अर्ब ७१ करोड ४८ लाख, जाजरकोटका सात स्थानीय तहलाई रु दुई अर्ब ६५ करोड ६५ लाख, कालिकोटका नौ स्थानीय तहलाई रु दुई अर्ब ७५ करोड १३ लाख र हुम्लाका सात स्थानीय तहलाई रु एक अर्ब ७१ करोड बजेट बिनियोजन गरिएको छ । 

साथै जुम्लाका आठ स्थानीय तहलाई रु दुई अर्ब ३७ करोड २२ लाख, डोल्पाका आठ स्थानीय तहलाई रु एक अर्ब ८४ करोड ७१ लाख, सल्यानका १० स्थानीय तहलाई तीन अर्ब ४१ करोड ९३ लाख र रुकुमपश्चिमका छ स्थानीय तहलाई रु दुई अर्ब २२ करोड ६३ लाख बजेट बिनियोजन गरिएको छ । 

संघीय सरकारले समानीकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान र समपूरक अनुदान शीर्षकमा बजेट दिएको हो ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ४ : ०७ बजे

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम

जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको