दुई सय ६१ जना किशोरी बेचिनबाट जोगिए « Khabarhub

दुई सय ६१ जना किशोरी बेचिनबाट जोगिए


१७ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व सेवा विस्तार संस्थाले पछिल्लो एक वर्षमा तीन वटा नेपाल-भारत सीमा नाकाबाट मानव बेचविखनबाट जोगाएर दुई सय ६१ जना किशोरीलाई घर फर्काउन सफल भएको जनाएको छ ।

संस्थाको आर्थिक वर्ष २०७९/८० को बुधबार भक्तपुरमा भएको सामाजिक लेखा परीक्षण कार्यक्रममा शंकास्पद पाँंच हजार दुई सय ४२ जनालाई सोधपुछ गरिएको जानकारी गराइको छ ।

संस्थाले नेपाल भारतका तीन वटा सीमा नाका काकडभिट्टा, विराटनगर र भद्रपुरबाट मानव बेचविखनको सम्भावना भएका किशोरीलाई जोगाउन निगरानी गर्दै आएको जनाएको छ ।

संस्थाकी कार्यक्रम निर्देशक सरस्वती मानन्धरले आर्थिक वर्ष २०७१/०७२ देखि जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा दर्ता गरी संस्थाले मानववेचविखनबाट जोगाउने उद्देश्यका साथ काम गरिरहेको बताइन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष अशोककुमार प्रधान, प्रमुख अतिथि प्रहरी बृत ठिमीका प्रहरी निरीक्षक सञ्जीव ओली, समाज कल्याण परिषद्का सहायक निर्देशक राजेन्द्र उप्रेती, सञ्चारकर्मी केशव लुइँंटेललगायतले मानव बेचविखनबाट रोक्न सामूहिक पहल आवश्यक भएको बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ८ : १० बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य