दुई सय ६१ जना किशोरी बेचिनबाट जोगिए « Khabarhub

दुई सय ६१ जना किशोरी बेचिनबाट जोगिए


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व सेवा विस्तार संस्थाले पछिल्लो एक वर्षमा तीन वटा नेपाल-भारत सीमा नाकाबाट मानव बेचविखनबाट जोगाएर दुई सय ६१ जना किशोरीलाई घर फर्काउन सफल भएको जनाएको छ ।

संस्थाको आर्थिक वर्ष २०७९/८० को बुधबार भक्तपुरमा भएको सामाजिक लेखा परीक्षण कार्यक्रममा शंकास्पद पाँंच हजार दुई सय ४२ जनालाई सोधपुछ गरिएको जानकारी गराइको छ ।

संस्थाले नेपाल भारतका तीन वटा सीमा नाका काकडभिट्टा, विराटनगर र भद्रपुरबाट मानव बेचविखनको सम्भावना भएका किशोरीलाई जोगाउन निगरानी गर्दै आएको जनाएको छ ।

संस्थाकी कार्यक्रम निर्देशक सरस्वती मानन्धरले आर्थिक वर्ष २०७१/०७२ देखि जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा दर्ता गरी संस्थाले मानववेचविखनबाट जोगाउने उद्देश्यका साथ काम गरिरहेको बताइन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष अशोककुमार प्रधान, प्रमुख अतिथि प्रहरी बृत ठिमीका प्रहरी निरीक्षक सञ्जीव ओली, समाज कल्याण परिषद्का सहायक निर्देशक राजेन्द्र उप्रेती, सञ्चारकर्मी केशव लुइँंटेललगायतले मानव बेचविखनबाट रोक्न सामूहिक पहल आवश्यक भएको बताए ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ८ : १० बजे

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक,

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि