प्रदेश सरकारले आगामी वर्ष बागमतीलाई प्रविधिमैत्री बनाउँछ : मुख्यमन्त्री जम्कट्टेल | Khabarhub Khabarhub

प्रदेश सरकारले आगामी वर्ष बागमतीलाई प्रविधिमैत्री बनाउँछ : मुख्यमन्त्री जम्कट्टेल


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्रदेशलाई प्रविधिमैत्री बनाउने भएको छ । नीति तथा कार्यक्रममा नै समावेश भएको कार्यक्रमअनुसार प्रदेशलाई प्रविधिमैत्री बनाइने पक्का भएको प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताएका हुन् ।

उनले सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा नै दीगो विकासको अवधारणाअनुसार योजना निर्धारण गरिएको बताए । मुख्यमन्त्री जमकट्टेले प्रदेश सरकारको भूमिका थप मजबुत बनाउन सङ्घीय सरकार र स्थानीय सरकारसँगको समन्वयलाई प्रभावकारी बनाउने जनाए ।

आर्थिक नीति, सामाजिक न्यायको माध्यमबाट प्रदेश समृद्धिका योजना तर्जुमा गर्ने, प्रदेशको सन्तुलित विकासका लागि ठूला आयोजना छनोट गरी कार्यान्वयनमा ल्याइने सरकारको नीति तथा कार्यक्रम रहेको उनको भनाइ छ ।

बागमती सरकारले पूँजी निर्माण, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारीका अवसर सिर्जनाका लागि लगानी केन्द्रित गर्ने नीति लिने उनको भनाइ थियो ।

योजना तथा कार्यक्रमको न्यूनतम लागत निर्धारण गरी सोभन्दा कमका आयोजना स्थानीय तहमा पठाइने नीति सरकारको रहेको उनले जानकारी दिए ।

मुख्यमन्त्री स्वास्थ्यप रीक्षण कार्यक्रम, एक विद्यालय एक नर्स कार्यक्रम, एक प्रदेश निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल उत्पादन केन्द्र स्थापना गर्ने लक्ष्य पनि प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको उनले जनाए ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ८ : ३३ बजे

सुनुवाइ समितिले थाल्यो प्रस्तावित तीन न्यायाधीशविद्धका उजुरीमाथि छलफल

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध परेका

गण्डकी प्रदेश सरकारको बजेट पारित

गण्डकी– गण्डकी प्रदेश सरकारको आगामी आव २०८२/८३ को बजेट प्रदेशसभाबाट

शिक्षा समितिले जुटायो विद्यालय शिक्षा विधेयकका विवादित विषयमा सहमति

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय

माधव नेपाल जस्ता स्वच्छ छविका नेतालाई भ्रष्टाचार मुद्दामा फसाउन खोजियो

काठमाडौं- प्रतिपक्षी नेकपा एकीकृत समाजवादी पार्टीले अध्यक्ष माधवकुमार नेपाललाई षड्यन्त्रपूर्वक

साझा उम्मेदवार खोज्दै तराई-मधेशका सात दल

काठमाडौं– निर्वाचन आयोगले विभिन्न तहमा रिक्त भएका पदको पूर्तिका लागि