काठमाडौँ– वैदेशिक रोजगारीको लागी नेदरल्यान्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. १३ स्थाई घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ३१ शान्तिनगर बस्ने ३७ वर्षीय कपिल बर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
बर्माले विक्रम कार्की समेत ६ जनालाई वैदेशिक रोजगारीको लागि नेदरल्यान्ड पठाइदिन्छु पीडितहरूबाट पटकपटक गरी जम्मा चवालीस लाख पचास हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए ।
बर्माको खोजतलास गर्ने क्रममा सोमबार काठमाडौँको मण्डिखाटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।