आज २०८० साल भदौ १४ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल भदौ १४ गते बिहीबारको राशिफल


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल भदौ १४ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ। सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितीमा रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ।

वृष : बोल्दा सचेत हुनुहोला। व्यस्तताले गर्दा मानसिक तनाव बढ्नेछ। गणेश भगवानको स्मरण गरे मन शान्त हुनेछ।

मिथुन : आफन्तको सहयोग मिल्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। पठनपाठनमा जोशजाँगर बढ्नेछ। प्रेममा धोका हुने भएकाले सचेत हुनुपर्ने देखिन्छ।

कर्कट : दिन सामान्य राम्रो छ। काममा सफलता मिल्नेछ। उत्साह बढ्नेछ। शिक्षामा गरेको श्रम लगानीबाट सन्तोष पाइनेछ। जग्गासम्बन्धी कारोबारमा लाभ हुनेछ।

सिंह : दिन राम्रो छ। बोलीमा मिठास रहनेछ। रोगबाट मुक्ति मिल्नेछ। प्रेममा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पाइनेछ।

कन्या : दिन राम्रो नै छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट निकै उत्साह मिल्नेछ। खर्च बढ्नेछ। रोगको प्रकोप बढ्ने देखिन्छ।

तुला : सामान्य दिन राम्रो छ। खुसी मिल्नेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या आउनेछ। पारिवारिक मेलमिलाप हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। अरु क्षेत्र यथास्थितीमा छ।

वृश्चिक : दिन सामान्य राम्रो छ। समस्याबाट नै समाधान निकाल्नुपर्नेछ। बिहान उठेर सूर्यको दर्शन गर्नुहोला। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

धनु : दिन सामान्य राम्रो छ। मातापिताबाट सहयोग मिल्नेछ। राजनीतिमा शत्रु बढ्नेछ। आर्थिक क्षेत्रमा ठूलो फड्को मिल्ने योग रहेको छ।

मकर : दिन निकै राम्रो छ। बोलीको प्रभाव बढ्नेछ। व्यापार व्यवसायबाट राम्रो फल प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदन मिल्नेछ। प्रेममा सफलता पाइनेछ।

कुम्भ : मनमा उल्लास बढ्नेछ। सामाजिक र धार्मिक क्षेत्रमा मन जानेछ। पठनपाठनमा आलश्य बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहला।

मीन : आम्दानी बढ्नेछ। सोचेअनुसार काम नबन्दा चिन्ता थपिनेछ। आफन्तबाट अपमान मिल्नेछ। अनावश्यक यात्रामा ननिस्कनुहोला। रोगको प्रकोप बढ्ने देखिएको छ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ५ : ०१ बजे

२२ अंकले घट्यो नेप्से, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको

स्पेन भ्रमणबारे प्रधानमन्त्रीले भने- अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भयो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा

अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउन आवश्यक समन्वय गरिने

काठमाडौं– शहरी विकास मन्त्रालयले तयार गरेको शहरी विकास विधेयकको ड्राफ्टका

कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित

विराटनगर– कोशी प्रदेशसभाबाट ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,