किन लगाइन्छ जनै र रक्षाबन्धन ? जनै लगाउने नियम यस्तो छ  | Khabarhub Khabarhub

किन लगाइन्छ जनै र रक्षाबन्धन ? जनै लगाउने नियम यस्तो छ 


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

आज जनैपूर्णिमाका दिन व्रतबन्ध गरेका द्विजातिहरूले जनै फेर्ने गर्छन् । विशेष गरी ब्राह्मण, क्षेत्री, वैश्य यी तीन जातिसँग धार्मिक रूपमा जनैपूर्णिमा अर्थात् ऋषि तर्पणी पूर्णिमा जोडिएको पाइन्छ ।

यद्यपि पछिल्लो समय अधिकांश हिन्दु धर्मावलम्बीले यो पर्व मनाउने गर्दछन् । वर्षमा एकचोटी आउने यो पर्व श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ । घरमा जन्म वा मरणको सूतकपछि जनै बदल्ने परम्परा छ ।

सनातन हिन्दू धर्मका १६ संस्कारमा उपनयन संस्कार अन्तर्गत जनै लगाउने गरिन्छ । जनैपूर्णिमा विशेष गरी यज्ञोपवित भन्ने संस्कारसँग सम्बन्धित छ ।

यज्ञोपवित ‘यज्ञ’ र ‘उपवित’ दुईवटा शब्दहरु जोडेर बनेको हुन्छ । यज्ञ दैविक संस्कृतिको एउटा अभिन्न अङ्ग हो ।

जुन यज्ञ संस्कारलाई जीवनको अभिन्न अङ्ग मान्ने र यज्ञद्वारा समाजको आध्यात्मिक र भौतिक विकास हुन्छ भन्ने मान्यता छ । 

किन लगाइन्छ जनै ? 
धार्मिक महत्त्व अनुसार द्विज बालकले जनै लगाएपछि नै यज्ञ तथा स्वाध्याय गर्ने अधिकार पाउँछ । द्विजको अर्थ अर्को जन्म हो । जनै जहिले पनि देब्रे काँधमाथि तथा दाहिने हातमुनि पारेर लगाइन्छ ।

जनै तीन वटा पवित्र सूत्रबाट बन्छ । तीन सूत्रले ब्रह्मा, विष्णु र महेशलाई प्रतीक बनाएका छन् । देवऋण, पितृऋण र ऋषिऋण अनि सत्त्व, रज र तमको प्रतीक पनि जनैलाई मानिन्छ । यी तीन सूत्रहरू गायत्री मन्त्रका तीन चरणको र तीन आश्रमका प्रतीक पनि हुन् ।

जनैको लम्बाइ ९६ औँला हुन्छ किनकि जनै धारण गर्ने व्यक्तिले ६४ कला र ३२ विद्या सिक्ने प्रयास गर्नुपर्ने हुन्छ ।

बत्तीस विद्या चार वेद, चार उपवेद, ६ अङ्ग, ६ दर्शन, तीन सूत्र ग्रन्थ र नौ अरण्यक मिलेर बन्छन् । चौसट्ठी कलामा वास्तु निर्माण, व्यञ्जनकला, चित्रकारिता, यन्त्र निर्माण लगायत पर्छन् ।

जनै लगाउने नियम यस्ता छन्
मलमूत्र विसर्जन गर्दा जनै दाहिने कानमा बेर्नुपर्छ र हात सफा गरेपछि मात्र निकाल्नुपर्छ । जनैलाई कम्मरमाथि राख्नुपर्छ र अपवित्र हुन दिनुहुँदैन ।

जनैको एक सूत्र चुँडियो भने त्यो धारण गर्नु हुँदैन । जनै मैलिनु भन्दा अगाडी नै बदल्नु पर्छ वा लगाएको ६ महिनाभन्दा बढी समय भयो भने अर्को बदल्नुपर्छ ।

जनै सफा गर्दा शरीरबाट निकालेर बाहिर राख्नुहुँदैन । सफा गर्नका लागि घाँटीमा नै त्यसलाई राखेर घुमाउँदै धुनुपर्छ । झुक्किएर जनै शरीरबाट निस्कियो भने प्रायश्चित्तका लागि एक माला जप गरेर बदल्ने नियम हिन्दु संस्कारमा छ ।

जनै लगाउने मन्त्र–

यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात
आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज।।

पुरानो जनै त्याग गर्ने मन्त्र
एतावद्दिनपर्यन्तं ब्रहत्वं धारितं मया ।
जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् ।।

रक्षाबन्धनको महत्त्व
आजको दिनमा रक्षाबन्धन धागोमा धेरै मन्त्रहरू पढेर धारण गरिन्छ । जसले मानिसको जीवनमा रक्षा गर्छ, शक्तिशाली बनाउँछ, बाहुबल ऊर्जा बढ्छ भन्ने मान्यता छ । त्यस कारण आज घरघरमा पुरेतहरू गएर आफ्ना यजमानको हातमा रक्षाबन्धनको धागो बाँधिदिन्छन् र दिदी बहिनीले आफ्ना दाजुभाइका हातमा लामो आयु माग्दै राखी बाँधिदिने चलन छ । 

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ७ : १६ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल