‘तरल नाइट्रोजन प्लान्ट’ निर्माण गर्दै कर्णाली सरकार « Khabarhub

‘तरल नाइट्रोजन प्लान्ट’ निर्माण गर्दै कर्णाली सरकार


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारले तरल नाइट्रोजन प्लान्ट निर्माण गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आव २०८०-८१ को स्वीकृत कार्यक्रमअन्तरगत प्लान्ट निर्माण प्रक्रिया अगाडि बढेको हो ।

यसका लागि प्रदेश सरकारले दुई करोड ५० लाख बजेट विनियोजन गरेको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले जानकारी दिए। ‘प्लान्ट निर्माणका लागि हामीले बुधबार सुदूरपश्चिम प्रदेश सरकारले गेटा कैलालीमा स्थापना गरेको तरल नाइट्रोजन प्लान्ट अध्ययन अवलोकन गरेका छौँ,’ उनले भने, ‘अब हामी भारतमा गएर पनि त्यसको अध्ययन गर्छौ र त्यसलगत्तै कर्णालीमा प्लान्ट स्थापना तथा सञ्चालनको कार्यलाई तदारुकता दिन्छौं ।’

सहकारीमन्त्री शर्मासहित कृषि मन्त्रालयबाट गएको टोलीले सुदूरपश्चिम प्रदेश सरकारका कृषिमन्त्री कैलाश चौधरीसँग तरल नाइट्रोजन प्लान्ट स्थापनाका बारेमा समन्वय सहकार्यका लागि सिकाइ तथा व्यवहारिक अभ्यासबारे छलफल गरेको थियो । 

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  २ : २५ बजे

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६