भारतलाई सुरक्षा परिषदमा नराखे राष्ट्रसङ्घको विश्वसनीयतामा प्रश्न उठ्छ : विदेशमन्त्री जयशङ्कर « Khabarhub

भारतलाई सुरक्षा परिषदमा नराखे राष्ट्रसङ्घको विश्वसनीयतामा प्रश्न उठ्छ : विदेशमन्त्री जयशङ्कर


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतका विदेशमन्त्री एस जयशङ्करले भारतलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्यता प्रदान नगर्दा संयुक्त राष्ट्रसङ्घकै विश्वसनीयतामा प्रश्न उठ्ने बताएका छन् ।

दिल्ली विश्वविद्यालयमा आज आयोजित एक कार्यक्रममा विदेशमन्त्री जयशङ्करले दोस्रो विश्वयुद्धको समयमा गठन भएको विश्वसंस्थामा त्यतिबेला ५० सदस्य राष्ट्र मात्र रहेका तर अहिले एक सय ९३ देश सदस्य रहेकाले परिवर्तित समयअनुरुप राष्ट्रसङ्घको संरचनामा परिवर्तन आवश्यक भएको बताए ।

उनले भिटो शक्तिमा निहित पाँच स्थायी सदस्यलाई यात्रीवाहक बसको पहिलो पङ्क्तिमा बस्ने यात्रीका रुपमा तुलना गर्दै उनीहरूले आफ्नो ठाउँ नछोड्ने बताए । अफ्रिकी, ल्याटिन अमेरिकी र जनसङ्ख्याका हिसाबले विश्वको सबैभन्दा ठूलो देश र पाँचौं ठूलो अर्थतन्त्रलाई भारतलाई सुरक्षा परिषदबाट बाहिर राख्न नसकिने तर्क गर्दै त्यस गरेमा संयुक्त राष्ट्रसङ्घकै  विश्वसनीयतामा प्रश्न उठ्ने विदेशमन्त्रीले दोहोर्‍याए ।

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्सले सुरक्षा परिषद्को सदस्यता परिवर्तन गर्नुपर्छ भनेर पहिलोपटक बोलेको बताउँदै विदेशमन्त्री जयशङ्करले इतिहास भारतको पक्षमा रहेको र उक्त अन्तरराष्ट्रिय संस्थामा परिवर्तन आउने विश्वास व्यक्त गरे ।

“केही शक्तिले भारत सुरक्षा परिषद्को सदस्य नबनोस् भनेर हामीविरुद्ध लागे पनि एक दिन हाम्रो अवश्य विजय हुनेछ,” कुन शक्ति राष्ट्र भारतका विरुद्धमा लागेको हो भन्ने स्पष्ट उल्लेख नगरी उनले भने ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ७ : १९ बजे

सरकारलाई दबाब दिन कालोपट्टी बाँधेर सडकमा उत्रीए जेन-जी (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता 

एजेन्सी– अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन

इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

झापा– सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा

नवलपरासी कारागारका १८० कैदी अझै फरार

बर्दघाट सुस्ता पश्चिम-  ‘जेन-जी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

ग्लोबल आईएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

काठमाडौं– ग्लोबल आइएमई बैंकले ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा