भारतीय एनडिसी टोलीको नेपाल भ्रमण सम्पन्न « Khabarhub

भारतीय एनडिसी टोलीको नेपाल भ्रमण सम्पन्न


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६३ औँ कोर्षको एक प्रतिनिधिमण्डलले यही भदौ १० देखि १४ गतेसम्म नेपालको भ्रमण सम्पन्न गरेको छ । भ्रमण दलमा भारत तथा जर्मनी, बङ्गलादेश, श्रीलङ्का, साउदी अरब, बेलायत र ओमानका निजामती सेवा तथा रक्षा बलका १६ वरिष्ठ अधिकारी सम्मिलित थिए ।

एयर भाइस मार्शल मनीषकुमार गुप्ताको नेतृत्वमा नेपाल आएकोे सो भ्रमण टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेको थियो ।

टोलीले एनडिसीका भूतपूर्व विद्यार्थी एवं नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग भेट गरी द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल गरेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । टोलीले पोखरास्थित पश्चिम पृतना मुख्यालयको भ्रमण गरी त्यहाँका वरिष्ठ अधिकारीसँग पनि भेटवार्ता गरेको थियो ।

राष्ट्रिय मार्ग तथा रणनीतिका व्यापक पक्षहरूबारे वरिष्ठ रक्षा तथा निजामती सेवाका अधिकारीलाई प्रशिक्षण दिने एनडिसी विश्वकै प्रमुख प्रशिक्षण संस्थाहरू मध्येको एक हो । भारतीय रक्षा बल तथा निजामती सेवाका वरिष्ठ अधिकारीका साथै भारतका मित्र राष्ट्रका सशस्त्र बलका अधिकारीले सो कोर्षमा सहभागिता जनाएका थिए ।

हाल सञ्चालन भइरहेको कोर्षमा नेपाली सेनाका तीन अधिकारी सहभागी छन् । सन् १९९२ यता नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासहित १८ बहालवाला नेपाली सेनाका अधिकारी र सेवानिवृत्त अन्य २४ जना अधिकारीले एनडिसीबाट प्रशिक्षण लिइसका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ९ : ०९ बजे

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको