आफ्नो आस्थाको प्रचार गरेको आरोपमा पाकिस्तानमा ८ जना अहमदिया मुसलमान पक्राउ « Khabarhub

आफ्नो आस्थाको प्रचार गरेको आरोपमा पाकिस्तानमा ८ जना अहमदिया मुसलमान पक्राउ


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा आफ्नो धर्म र आस्थाको प्रचार गरेको आरोपमा ८ जना अहमदिया सम्प्रदायका मुसलमान पक्राउ परेका छन् । पाकिस्तानको डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार लाहोर सहरको बदामी बाग क्षेत्रमा आफ्नो आस्थाको प्रचार गरिरहेको आरोपमा प्रहरीले ८ जना अहमदिया सम्प्रदायका मुसलमानलाई पक्राउ गरेको हो ।

समाचारमा जनाइएअनुसार सुरुमा बदामी बाग क्षेत्रमा अहमदिया व्यक्तिको स्वामित्वमा रहेको एक उद्योगमा तहरिक ए लब्बियाक पाकिस्तान नामक संगठनका कार्यकताले आक्रमण गरेका थिए । आक्रमणका क्रममा उद्योगका फर्निचर र केही कलपुर्जा पनि नष्ट भएको थियो ।

आक्रमणपछि उक्त संगठनका कार्यकर्ताले केही अहमदिया सम्प्रदायका मानिसहरुलाई बन्धक बनाएका थिए । डनका अनुसार पछि घटनाबारे खबर गर्दा प्रहरीले उक्त घटनामा त्यस संगठनका कार्यकर्ता संलग्न नरहेको जनाउँदै अहमदिया सम्प्रदायका मुसलमानलाई आफ्नो आस्थाको प्रचार गरेको आरोपमा पक्राउ गरेको थियो ।

पाकिस्तानमा ४० लाख अहमदिया मुसलमानहरुको बसोबास छ । पछिल्ला केही वर्षयता पाकिस्तानमा अहमदियाहरुको करिब १५० चिहान भत्काइएको जनाइएको छ ।

पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन । पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र लज्जाको सिकार हुँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  १२ : ५८ बजे

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका