आफ्नो आस्थाको प्रचार गरेको आरोपमा पाकिस्तानमा ८ जना अहमदिया मुसलमान पक्राउ | Khabarhub Khabarhub

आफ्नो आस्थाको प्रचार गरेको आरोपमा पाकिस्तानमा ८ जना अहमदिया मुसलमान पक्राउ


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा आफ्नो धर्म र आस्थाको प्रचार गरेको आरोपमा ८ जना अहमदिया सम्प्रदायका मुसलमान पक्राउ परेका छन् । पाकिस्तानको डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार लाहोर सहरको बदामी बाग क्षेत्रमा आफ्नो आस्थाको प्रचार गरिरहेको आरोपमा प्रहरीले ८ जना अहमदिया सम्प्रदायका मुसलमानलाई पक्राउ गरेको हो ।

समाचारमा जनाइएअनुसार सुरुमा बदामी बाग क्षेत्रमा अहमदिया व्यक्तिको स्वामित्वमा रहेको एक उद्योगमा तहरिक ए लब्बियाक पाकिस्तान नामक संगठनका कार्यकताले आक्रमण गरेका थिए । आक्रमणका क्रममा उद्योगका फर्निचर र केही कलपुर्जा पनि नष्ट भएको थियो ।

आक्रमणपछि उक्त संगठनका कार्यकर्ताले केही अहमदिया सम्प्रदायका मानिसहरुलाई बन्धक बनाएका थिए । डनका अनुसार पछि घटनाबारे खबर गर्दा प्रहरीले उक्त घटनामा त्यस संगठनका कार्यकर्ता संलग्न नरहेको जनाउँदै अहमदिया सम्प्रदायका मुसलमानलाई आफ्नो आस्थाको प्रचार गरेको आरोपमा पक्राउ गरेको थियो ।

पाकिस्तानमा ४० लाख अहमदिया मुसलमानहरुको बसोबास छ । पछिल्ला केही वर्षयता पाकिस्तानमा अहमदियाहरुको करिब १५० चिहान भत्काइएको जनाइएको छ ।

पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन । पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र लज्जाको सिकार हुँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  १२ : ५८ बजे

आन्दोलनका लागि उपत्यकाका १५ वटै क्षेत्रमा खटिए कांग्रेसका प्रतिनिधि

काठमाडौं- सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि

काठमाडौं– चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३.०१

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

गण्डकी– गण्डकी प्रदेश सरकारले पूर्वाधारतर्फका एक सय ६६ बहुवर्षीय आयोजनाका

पानी माग्दै मधेसदेखि पैदलै २५ दिनमा काठमाडौं (तस्बिरहरू)

काठमाडौं- चुरे संरक्षणको मागसहित मधेश प्रदेशबाट सर्वसाधारणको एउटा समूह बिहीबार

तल्लुबगर र गोतामकोट जोड्न भेरीमा बेलिब्रिज

त्रिवेणी– भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगर र रुकुमपश्चिमको आठबिसकोट–४