आफ्नो आस्थाको प्रचार गरेको आरोपमा पाकिस्तानमा ८ जना अहमदिया मुसलमान पक्राउ « Khabarhub

आफ्नो आस्थाको प्रचार गरेको आरोपमा पाकिस्तानमा ८ जना अहमदिया मुसलमान पक्राउ


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा आफ्नो धर्म र आस्थाको प्रचार गरेको आरोपमा ८ जना अहमदिया सम्प्रदायका मुसलमान पक्राउ परेका छन् । पाकिस्तानको डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार लाहोर सहरको बदामी बाग क्षेत्रमा आफ्नो आस्थाको प्रचार गरिरहेको आरोपमा प्रहरीले ८ जना अहमदिया सम्प्रदायका मुसलमानलाई पक्राउ गरेको हो ।

समाचारमा जनाइएअनुसार सुरुमा बदामी बाग क्षेत्रमा अहमदिया व्यक्तिको स्वामित्वमा रहेको एक उद्योगमा तहरिक ए लब्बियाक पाकिस्तान नामक संगठनका कार्यकताले आक्रमण गरेका थिए । आक्रमणका क्रममा उद्योगका फर्निचर र केही कलपुर्जा पनि नष्ट भएको थियो ।

आक्रमणपछि उक्त संगठनका कार्यकर्ताले केही अहमदिया सम्प्रदायका मानिसहरुलाई बन्धक बनाएका थिए । डनका अनुसार पछि घटनाबारे खबर गर्दा प्रहरीले उक्त घटनामा त्यस संगठनका कार्यकर्ता संलग्न नरहेको जनाउँदै अहमदिया सम्प्रदायका मुसलमानलाई आफ्नो आस्थाको प्रचार गरेको आरोपमा पक्राउ गरेको थियो ।

पाकिस्तानमा ४० लाख अहमदिया मुसलमानहरुको बसोबास छ । पछिल्ला केही वर्षयता पाकिस्तानमा अहमदियाहरुको करिब १५० चिहान भत्काइएको जनाइएको छ ।

पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन । पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र लज्जाको सिकार हुँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  १२ : ५८ बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५