आज २०८० साल कात्तिक १४ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल कात्तिक १४ गते मंगलबारको राशिफल


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल कात्तिक १४ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : दिन राम्रो छ। आम्दानी बढ्नेछ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ।

वृष : दिन राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आफ्नो प्रभाव बढ्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्र धेरै राम्रो छ। मानसम्मान पाउने योग रहेको छ।

कर्कट : दिन सामान्य राम्रो छ। धार्मिक क्षेत्रमा मन जानेछ। भगवान रामको सम्झना गरेर सुरु गरेको काममा सफलता मिल्नेछ। मानसम्मान बढ्नेछ। रोग बढ्ने भएकाले सचेत हुनुपर्नेछ।

सिंह : दाम्पत्य जीवन सुखमय रहला। राजनीति, सामाजिक, धार्मिक क्षेत्र यथावत रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीले राम्रो प्रतिफल मिल्नेछ। आम्दानी पनि बढ्ने दिन रहेको छ। पठनपाठनमा भने आलश्य बढ्नेछ। सामाजिक क्षेत्रमा मानसम्मान पाउने योग रहेको छ।

कन्या : दिन सामान्य राम्रो छ। आफ्नो प्रभावले गर्दा कुरा काट्नेहरु निस्तेज हुनेछन्। पठनपाठनमा रुची बढ्नेछ। प्रेममा सफलता मिल्नेछ। आत्मबल बढ्नेछ।

तुला : आर्थिक, सामाजिक, राजनीतिको क्षेत्र सबल छ। पठनपाठनमा रुची बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीले राम्रो नतिजा मिल्नेछ। पारिवारिक सम्बन्धमा झपडा हुने देखिएको छ। धार्मिक क्षेत्रमा मन जानेछ।

वृश्चिक : दैनिकी चलाउनेभन्दा अरु केही पनि नसोच्नुहोला। सोचेर मात्र बोल्नुहोला।

धनु : आफूले गरेका कामबाट सन्तोष मिल्नेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्रमा अब्बल ठहरिनुहुनेछ। शिक्षाको क्षेत्रमा भने आलस्य बढ्नेछ। व्यापार व्यवसायमा निकै राम्रो नतिजा आउनेछ। रोगबाट छुटकारा मिल्नेछ। प्रेममा धोका पाइनेछ।

मकर : बोलीको प्रभावले ठूलो फाइदा हुनेछ। अन्य क्षेत्र यथावत छन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। खुसी बढ्नेछ। परिवारिक सुख प्राप्त हुनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। बोलीमा मिठास आउनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ। स्वास्थ्यमा समस्या हुनेछ।

मीन : प्रशंसा पाउने दिन छ। खुसी बढ्नेछ। वैदेशिक मामिलामा सफलता मिल्नेछ। प्रेममा भने संघर्ष गर्नुपर्नेछ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ५ : १४ बजे

असल विद्यार्थी भए मात्रै समाज राम्रो बन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले असल विद्यार्थी उत्पादन

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा तीन जना बेपत्ता

एजेन्सी – दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा शनिबार दुईवटा

चितवनमा एकीकृत समाजवादीका नेताहरू माओवादी प्रवेश

चितवन– एकीकृत चितवनमा एकीकृत समाजवादीका नेताहरू माओवादी प्रवेशनेतासहित सयौँ नेता

हमासले रिहा गर्‍यो दुई बन्दी

गाजा– गाजाको बन्दरगाहमा रहेका हमासका सयौँ लडाकुहरूका बीचमा अमेरिकन कैदीको

प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुझाव हस्तान्तरण

काठमाडौं– सत्तारुढ नेकपा (एमाले)ले प्रधनमन्त्री केपी शर्मा ओलीलाई सहकारीसम्बन्धी केही