राष्ट्रियसभामा तीन आयोगका प्रतिवेदन प्रस्तुत « Khabarhub

राष्ट्रियसभामा तीन आयोगका प्रतिवेदन प्रस्तुत


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभामा आज तीन आयोगका प्रतिवेदन प्रस्तुत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का  तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निर्वाचन आयोग, नेपालको सोह्रौँ वार्षिक प्रतिवेदन २०७८-७९, राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७९-८० र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तीसौँ वार्षिक प्रतिवेदन २०७९-८० प्रस्तुत गरेकी हुन् ।

विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेस गरिन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेकोमा त्यसलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकको शून्य समयमा सांसद अनिता देवकोटाले दाङ–घोराही–तुल्सीपुर सडकको मर्मतसम्भारका लागि सरकारको ध्यानाकर्षण गराए । अर्का सांसद प्रकाश पन्तले पृथ्वी राजमार्गलगायत राष्ट्रिय राजमार्गको दुरावस्था रहेकाले तिनको मर्मत गर्न माग गरे ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ५ : ५७ बजे

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३