बङ्गलादेशमा गार्मेन्ट मजदूर र प्रहरीबीच झडप « Khabarhub

बङ्गलादेशमा गार्मेन्ट मजदूर र प्रहरीबीच झडप


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

आशुलिया बङ्गलादेशका हजारौँ गार्मेन्ट श्रमिकले आफूले बनाउने महत्वपूर्ण पश्चिमा ब्रान्डका कपडाको उचित ज्यालाको माग गर्दै हडताल र प्रदर्शनमा सहभागी हजारौँ गार्मेन्ट मजदुर र प्रहरीबीच मङ्गलबार झडप भएको छ ।

देशको सबैभन्दा ठूलो औद्योगिक शहर आशुलिया र गाजीपुरमा दर्जनौं कारखानामा कार्यरत दशौं हजार मजदुरले हडताल सुरु गरेको र अधिकारीहरूले अश्रुग्यास र रबरको गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गाजीपुरमा मात्र एक हजारभन्दा बढी गार्मेन्ट कारखाना छन् जसले एच एन्ड एम र ग्यापजस्ता ब्रान्डका लागि कपडा बनाउँदछन्आशुलियाका एक वरिष्ठ गार्मेन्ट युनियनका नेता अल कामरानले भने ,’मजदुरहरू सडकमा उत्रेका छन् किनभने उनीहरूको तलबले अब दुई छाक टार्नका लागि खर्च धान्न सक्दैन ।’

बङ्गलादेश विश्वको सबैभन्दा ठूलो गार्मेन्ट निर्यातकर्तामध्ये एक हो, जहाँ उद्योगले दक्षिण एसियाली यस देशको वार्षिक ५५ अर्ब डलरको निर्यातको ८५ प्रतिशत हिस्सा ओगटेको छ । तर यसका ४० लाख कपडा मजदुरहरूमध्ये धेरैको अवस्था दयनीय छ ।

आशुलिया औद्योगिक क्षेत्रका प्रहरी उपप्रमुख महमुद नासेरले भने, ‘करिब १५ हजार श्रमिकहरू आशुलियाका छुट्टाछुट्टै स्थानमा ज्याला वृद्धिको विरोधमा प्रदर्शनमा सामेल भएका छन् ।

युनियनका नेता कामरानले आशुलियामा मात्रै करिब ५० हजार कामदारले मूल्यवृद्धिलाई धान्न कठिन भएकोले अहिलेको ज्यालामा तेब्बर वृद्धिको माग गर्दै हडतालमा सहभागी भएको बताए । 

आलु र प्याजजस्ता केही आधारभूत खाद्य वस्तुको मूल्य गत वर्षको तुलनामा दोब्बरभन्दा बढी भएको कामरानले बताए । उनले भने, ‘खाद्यान्न, इन्धन तथा घरभाडा पनि बढेको छ । नबढेको एउटा मात्र कुरा भनेको तलब हो ।’

गार्मेन्ट श्रमिक समहति युनियनकी प्रमुख तस्लिमा अख्तरले मुद्रास्फीति र मुद्राको अवमूल्यनलाई ध्यानमा राखिएपछि उत्पादकहरूले दिने क्षतिपूर्ति ‘सन् २०१७ मा कामदारले पाउने भन्दा कम’ भएको बताएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ६ : ०२ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ