पुष्पखेती बढाउन मन्त्री भुसालको आह्वान « Khabarhub

पुष्पखेती बढाउन मन्त्री भुसालको आह्वान


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ललितपुर – कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले फूलको आयात कम गर्न किसानलाई पुष्पखेती बढाउन आग्रह गरेका छन् ।

मन्त्री भुसालले आज जावलाखेल खेलमैदानमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको उद्घाटन गर्दै यस्तो आग्रह गरेका हुन् । उनले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्दै आयातलाई निरुत्साहित गर्न सरकार क्रियाशील रहेको बताए।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराका साथ सुरु भएको मेला यही कात्तिक १८ गते शनिबारसम्म चल्नेछ । पुष्प व्यवसायमा देखिएको बीउबिजनको समस्या पनि सुल्झाउने भुसालको प्रतिबद्धता थियो ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले पुष्पखेतीमा लगानीको वातावरण बनाउन सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले बजारमा प्लास्टिकका फूलको आयातमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरे । हरेक वर्ष १० देखि १५ प्रतिशतसम्म फूलको माग बढीरहेको छ ।

देशका ४८ जिल्लामा दुई सय २१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको एसोसिएनले जनाएको छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४४ हजारले रोजगारी पाएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १० : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै