राष्ट्रियसभा उम्मेदवारका लागि समाजवादी प्रेस संगठनले सिफारिस गर्‍यो १२ पत्रकारको नाम « Khabarhub

राष्ट्रियसभा उम्मेदवारका लागि समाजवादी प्रेस संगठनले सिफारिस गर्‍यो १२ पत्रकारको नाम


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा पत्रकारिता क्षेत्रबाट पनि उम्मेदवार बनाइनुपर्ने माग गर्दै समाजवादी प्रेस संगठनले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ज्ञापनपत्र बुझाएको छ ।

नेकपा एकीकृत समाजवादी निकट प्रेस संगठनले आफ्नो संगठनका १२ जना पत्रकारमध्येबाट राष्ट्रियसभामा प्रतिनिधित्व गराइनुपर्ने माग गरेको हो ।

संगठनका महसचिव रामकुमार एलनका अनुसार राष्ट्रियसभा सदस्यका लागि दाबी गरिएका १२ पत्रकारहरुमा शम्भु श्रेष्ठ, किशोर श्रेष्ठ, बोधराज त्रिपाठी, कौशल चेम्जोङ, राममाया भट्टराई (चमिना), भरतराज पोखरेल, शीतल साह, विश्वमणि सुवेदी, जीवन बीसी, भीम रसाइली, हेमकर्ण विश्वकर्मा र प्रतिज्ञा बूढामगर छन् ।

राष्ट्रियसभा सदस्यको दाबी गर्ने सबै पत्रकार एकीकृत समाजवादी निकट हुन् । उनीहरुले सोही पार्टीबाट राष्ट्रियसभाका लागि टिकटको दाबी गरेका हुन् ।

१९ सिटका लागि हुन लागेको राष्ट्रियसभा चुनावमा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट तीन सिट पाउने छ । यसमध्ये एउटा सिटमा पत्रकारलाई उम्मेदवार बनाइनुपर्ने प्रेस संगठनको माग छ ।

 

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ३ : ५४ बजे

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौं– बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना

२३ अर्ब बक्यौता तिरेर जुर्मुराउँदै स्वास्थ्य बीमा : संकट टार्न सुविधा थैलीमा कटौती

काठमाडौँ – आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान

पहिरो पन्छाइएपछि नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर प्रभावित नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ

कञ्चनपुरमा जापानिज इन्सेफ्‌लाइटिसको जोखिम कायमै

कञ्चनपुर– चार वर्षदेखि जापानिज इन्सेफ्‌लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर– भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको