मर्दी पदयात्रामा शुल्क उठाएको भन्दै पालिकाको सूचना केन्द्रमा तोडफोड | Khabarhub Khabarhub

मर्दी पदयात्रामा शुल्क उठाएको भन्दै पालिकाको सूचना केन्द्रमा तोडफोड


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

कास्की – मर्दी पदयात्रामा जाने पदयात्रीका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाले शुल्क उठाउन बनाएको सूचना केन्द्रमा तोडफोड भएको छ । पालिकाले शुल्क उठाउँदा पर्यटक घटेको भन्दै पदयात्रा क्षेत्रमा होटल व्यवसाय चलाउँदै आएका व्यवसायीले कार्यालयमा तोडफोड गरेका हुन ।

उनीहरूले हुमाल (लो क्याम्प) मा रहेको सूचना केन्द्रमा तोडफोड गर्नुका साथै काम काजमा पनि समस्या बनाएको गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले बताए । पालिकाले विज्ञप्ति जारी गर्दै विभिन्न निकायसँगको सहकार्यमा नेपाल पर्यटन बोर्डको सहयोगमा सञ्चालनमा ल्याइएको सूचना केन्द्रमा अवरोध भएकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

नियमानुसार सञ्चालित कार्यमा अवरोध गर्नु संविधान,नियम तथा कानुनको उल्लङ्घन भएको भन्दै पालिकाले यस्ता कार्य गर्नेलाई कारबाहीको चेतावनी दिएको छ ।

गाउँपालिकाले कात्तिक १७ गतेबाट मर्दी पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकसँग शुल्क उठाउन सुरु गरेको थियो ।

गाउँपालिकाभित्र रहेका पदमार्गमा शुल्क उठाउने निर्णय हालैको गाउँसभाले गरेको थियो । प्रवेश शुल्क उठाउन गाउँसभाबाट आर्थिक ऐन २०८० पारित गरिएको थियो । उक्त ऐन अनुसार पालिकाले गत कात्तिकदेखि स्वदेशी पर्यटकसँग १०० रुपैयाँ र विदेशी पर्यटकसँग ५०० रुपैयाँ उठाउँदै आएको थियो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ७ : ०६ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ