पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु | Khabarhub Khabarhub

पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काभ्रेमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ।

आइतबार दिउँसो २ बजे धुलिखेल नगरपालिका–६ इतोल घर भई भुम्लु गाउँपालिका–१० दोलालघाट बस्ने ५ वर्षीया रोजिना खड्गीको डुबेर मृत्यु भएको हो।

बुद्धरामकी छोरी रोजिना इन्द्रावति खोला नजिकै रहेको पोखरीमा अचेत अवस्थामा फेला परेको खबर पाएपछि प्रहरी चौकी दोलालघाटबाट खटिएको टोलीले बालिकालाई धुलिखेल अस्पताल पुर्‍याएको थियो।

उपचारको क्रममा उनको साढे ३ बजे मृत्यु भएको हो। घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

 

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ८ : २८ बजे

अटिजम केयर सोसाइटीकी अध्यक्ष डा सुनिता इन्सार अवार्डबाट सम्मानित

काठमाडौं –अटिजम केयर नेपाल सोसाइटीको अध्यक्ष डा. सुनिता मलेकु अमात्य

प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

काठमाडौं– प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।

कांग्रेसले किन मानेन बालुवाटारको तीनबुँदे सम्झौता ?

काठमाडौं- प्रतिनिधिसभामा विहीबार सत्तापक्ष र प्रतिपक्षी दलका सांसदवीच हंगामा भयो

मुख्यमन्त्रीलाई मत दिएपछि नाउपमा अर्को विवाद, रेशमले दुई सांसदलाई कारवाही गर्ने

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने दुई

कञ्चनपुरबाट तीन सय ६१ बोरा अवैध गहुँ बरामद

 कञ्चनपुर– कञ्चनपुरबाट सशस्त्र प्रहरीले तीन सय ६१ बोरा अवैध गहुँ