गुरुङ समुदायले हर्षोल्लासका साथ मनाए तमु ल्होसार | Khabarhub Khabarhub

गुरुङ समुदायले हर्षोल्लासका साथ मनाए तमु ल्होसार


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशमा गुरुङ समुदायको बाहुल्यता छ । गुरुङको उद्गमस्थल क्व्होलासोथार पनि यही पर्दछ । कास्कीको लमजुङको सिरान क्व्होलासोथारबाट गुरुङ समुदाय देशका विभिन्न भागमा छरिएका छन् । गुरुङहरुको उत्पत्ति र विकास भएको कास्कीका गुरुङले आज हर्षोल्लासका साथ ल्होसार मनाएका छन् ।

गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ अथवा फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर कास्कीका गुरुङले ‘तमु ल्होसार’ पर्व मनाएका हुन् । बाह्र राशि जस्तै गुरुङ जातिमा १२ पशुपंक्षीको नाममा १२ वटा वर्ग विभाजन गरिएको छ । सोही वर्गका आधारमा आजदेखि बिरालो वर्ग सकिएर गिद्ध वर्गसमेत सुरु भएको छ ।

ल्होसार मनाउने क्रममा पोखराका विभिन्न सङ्घसंस्थाले संस्थागत रुपमै विभिन्न कार्यक्रम गरेको थियो । पोखरामा प्रधान कार्यालय रहेको तमु धिं नेपालले बिहानैदेखि क्होइबो, गुम्बामा ग्रहशान्ति, पूजापाठ, बत्ती बाली गुरु एवं अग्रज पुज्ने काम गरिने गरिएको तमु धिं नेपालका अध्यक्ष हुम तमुले जानकारी दिए ।

दिउँसो पोखरा रानीपौवाबाट तमु ल्होसार शुभकामना पदयात्रा निकाली तमु धिं नेपालको प्राङ्गणमा पुगी ल्होसार विशेष, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा शुभकामना आदानप्रदानसहित पुरस्कार अर्पण र मौलिक नृत्य प्रस्तुत गरिएको थियो ।

प्रदेशसभा सदस्य सरस्वती गुरुङले देश सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएपछि जातीय संस्कृति खुलेर मनाउन पाएको बताए । जातीय संस्थामा नेतृत्व गर्ने व्यक्तिहरु कानुन बनाउने तहसम्म यही कारण पुगेको सांसद गुरुङको भनाइ थियो । “सङ्घीयता भनेको समातना हो, समावेशिता हो”, सांसद गुरुङले भने, “सबै लिङ्ग जात, भूगोलका मानिसले समान रुपमा अवसर पाइन्छ भन्ने पनि हो ।”

संसारभर छरिएर रहेको गुरुङ समुदाय एक भएमा भाषा, संस्कार, संस्कृति जोगाउन सकिने प्रदेशसभा सदस्य गुरुङले सुनाए । उनले ल्होसार र ल्होछारमा मत भिन्नता नराख्न आग्रह गरे । “अहिले ल्होसार र ल्होछारमा निकै विविधता पाइएको छ । यो आ–आफ्नो ठाउँबाट अपभ्रंस भएको हो यसलाई ठूलो समस्याका रुपमा नलिऔँ”, गुरुङले भने, “दसैँ, विजया दशमी, वडा दसैँ पनि भनिन्छ । अनि तिहारलाई दिपावली, भाइटीका पनि भनिन्छ नि त्यस्तै ल्होसार र ल्होछार पनि भनिन्छ ।”

ल्होसारकै कार्यक्रमअन्तर्गत सोमबार परम्परागत छेलो प्रतियोगिता गरिने तमु धिं नेपालका अध्यक्ष हुम तमुले जानकारी दिए। गुरुङकै अर्को संस्था तमु प्हे ल्हु सङ्घ नेपालले पनि सप्ताहव्यापी कार्यक्रम गरी यो वर्षको ल्होछार मनाएको संस्थाका महासचिव हर्क गुरुङले जानकारी दिए । “हामीले पुस ९ गतेदेखि नै विभिन्न कार्यक्रम गरी ल्होसारलाई सप्ताहव्यापी बनाएका छौँ”, महासचिव हर्क गुरुङले भने, “मुख्य दिन १५ गते युवा समितिका नृत्य प्रतियोगितासँगै केन्द्रीय समितिको शुभकामना आदानप्रदान कार्यक्रम पछि समापन गरियो ।”

शनिबार राति नै बिरालो वर्गलाई बिदाई, गिद्ध वर्गको स्वागत गर्न राति १२ बजे ‘बोन फायर’ पनि गरिएको महासचिव हर्क गुरुङले जानकारी दिए । आइतबार बिहानैदेखि घ्याब्री, प्हच्यु र बोन लमहरुबाट पूजा गरी रिपा लगाउने कार्यक्रम पनि भएको थियो ।

पोखरा १० स्थित बौद्ध अर्घौं सदनले बिहानैदेखि ग्रहशान्ती दशाको पूजा गरिएको संस्थाका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिए । “ग्रहशान्ति गर्ने काम शनिबारदेखि नै सुरु भएको थियो । ल्होछारको मुख्य दिन यसको विर्सजन गरियो”, अध्यक्ष भुवनसिंहले भने, “अनि दर्शन गर्ने, दीप प्रज्ज्वन, रिपा लगाउने, शुभकामना आदानप्रदान, सांस्कृतिक कार्यक्रम, रक्तदान, स्वास्थ्य परीक्षण पनि गरियो ।”

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १० : ०७ बजे

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात्

आपराधिक घटनामा वृद्धि : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

काठमाडौं – नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन

सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि

कास्की – गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित गण्डकी विश्वविद्यालयले आयोजना गरेको

परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट