धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु) « Khabarhub

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ को मृत्यु भएको छ । करिब ५३ वर्ष उमेरको रोनाल्डोको धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ ।

निकुञ्ज स्रोतका अनुसार रोनाल्डो बिसहजारी पोस्ट नजिकै मृत अवस्थामा भेटिएको थियो । पोस्टमार्टमका क्रममा हात्तीको मुखमा विद्युतको तार फेला परेको निकुञ्ज स्रोतले जनाएको छ । त्यसैले, रोनाल्डोको मृत्यु विद्युतको तारमा बेरिएर भएको हुन सक्ने आशङ्का गरिएको छ । यद्यपि, मृत्युको वास्तविक कारण भने अनुसन्धानपछि मात्रै यकिन हुने जनाइएको छ ।

घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी रहेको छ । निकुञ्जले घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ । मृत हात्तीको तस्वीर तथा भिडियो खिच्न पत्रकारहरूलाई रोक्न निकुञ्जले सेना परिचालन गरेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार रोनाल्डोको मृत्युको वास्तविक कारण अनुसन्धानपछि मात्रै यकिन हुनेछ ।

सौराहा–खोरसोर क्षेत्रमा ‘सेलिब्रेटी’ हात्तीका रूपमा परिचित रोनाल्डोको खोरसोरस्थित हात्ती प्रजनन् तथा तालिम केन्द्रसँग लामो समयदेखि विशेष सम्बन्ध रहँदै आएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनका अनुसार केन्द्रमा जन्मिएका धेरै छावाका पिता रोनाल्डो नै हुन् ।

२०८३ असारसम्म केन्द्रमा जन्मिएका ६९ वटा छावामध्ये ३८ वटा रोनाल्डोकै सन्तान रहेको विवरण छ । यही कारण रोनाल्डो हात्ती प्रजनन केन्द्रसँग विशेष रूपमा जोडिएको थियो ।

विशाल शरीर, फूर्तिलो चाल र अन्य भाले हात्तीसँग भिड्न सक्ने स्वभावका कारण रोनाल्डो पर्यटक तथा स्थानीयमाझ लोकप्रिय थियो । फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको नामबाट उनको नाम राखिएको बताइन्छ ।

निकुञ्जका अनुसार अन्य हात्तीसँगको संघर्षका क्रममा रोनाल्डोको शरीरमा चोटपटकका चिन्हसमेत देखिएका थिए । संघर्षकै क्रममा उसले आफ्नो पुच्छरसमेत गुमाएको थियो ।

रोनाल्डोको मृत्युले सौराहा–खोरसोर क्षेत्रमा लामो समयदेखि परिचित रहेको एउटा चर्चित जंगली हात्तीको अन्त्य भएको छ । हात्तीको मृत्युको कारण, घटनाको प्रकृति र विद्युत्को तारसँगको सम्बन्धबारे निकुञ्जको अनुसन्धान तथा आधिकारिक विज्ञप्तिपछि थप विवरण सार्वजनिक हुने छ ।

तस्बिर : राजेन्द्र आचार्य/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ४ : ०७ बजे

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग