काठमाडौंमै न्यून मतदान, जाजरकोटको नलगाढमा पनि उस्तै « Khabarhub

काठमाडौंमै न्यून मतदान, जाजरकोटको नलगाढमा पनि उस्तै

अपराह्न पौने चार बजेसम्म ४० प्रतिशतमात्रै मत खस्यो


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपनिर्वाचन अन्तर्गत मतदान भइरहेको काठमाडौं वडा नम्बर १६ मा सोचेजस्तो मत नखसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् ।

थपलियाका अनुसार सो वडाको वडाध्यक्ष पदमा भइरहेको मतदानमा हालसम्म ४० प्रतिशत मात्रै मतदान भएको हो । यो अपराह्न ३ः४० बजे सम्मको अपडेट हो । यो वडामा २१ हजार मतदाता छन्‌ ।

‘अहिलेसम्म ४० प्रतिशत मात्रै मतदान भएको निर्वाचन अधिकृतको अधिकृतले जनाउनुभएको छ,’ थपलियाले खबरहबलाई भने, ‘शहरी इलाकामा पनि यो पटक मतदान कम हुने देखिएको छ । काठमाडौं-१६ मै उत्साह देखिएन करिब, ५० मात्रै मतदान हुने आकलन गरिएको छ।’

काठमाडौं-१६ जस्तै जाजरकोटको नलगाढ नगरपालिकामा पनि ४० प्रतिशतमात्रै मतदान भएको छ । यहाँ उपप्रमुख पदमा निर्वाचन भइरहेको हो । अन्य ठाउँमा ३ बजेर ४० मिनेट जाँदासम्म ५५ प्रतिशत भन्दा बढी मतदान भइसकेको आयोगका अधिकारीहरूले जानकारी दिएका छन्‌ ।

थपलियाका अनुसार दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष निर्वाचनको मतपेटिका बाहेक अन्य क्षेत्रमा क्षेत्रको मतपेटिका आज बेलुका ११ बजेसम्ममा मतगणना स्थलमा आइपुग्ने जानकारी निर्वाचन आयोगलाई छ। गौरीशंकरमा भौगोलिक विकटताका कारण आज मत पेटिका गणनास्थलमा ल्याउन समस्या हुने जानकारी आएको उनले बताए ।

थपलियाले भने, ‘अहिलेसम्म शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ। हामी पर्सी बिहानसम्म सम्पूर्ण निर्वाचनको मत परिणाम दिइसक्ने तयारीमा छौँ ।’

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ४ : १७ बजे

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’