काठमाडौंमै न्यून मतदान, जाजरकोटको नलगाढमा पनि उस्तै « Khabarhub

काठमाडौंमै न्यून मतदान, जाजरकोटको नलगाढमा पनि उस्तै

अपराह्न पौने चार बजेसम्म ४० प्रतिशतमात्रै मत खस्यो


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपनिर्वाचन अन्तर्गत मतदान भइरहेको काठमाडौं वडा नम्बर १६ मा सोचेजस्तो मत नखसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् ।

थपलियाका अनुसार सो वडाको वडाध्यक्ष पदमा भइरहेको मतदानमा हालसम्म ४० प्रतिशत मात्रै मतदान भएको हो । यो अपराह्न ३ः४० बजे सम्मको अपडेट हो । यो वडामा २१ हजार मतदाता छन्‌ ।

‘अहिलेसम्म ४० प्रतिशत मात्रै मतदान भएको निर्वाचन अधिकृतको अधिकृतले जनाउनुभएको छ,’ थपलियाले खबरहबलाई भने, ‘शहरी इलाकामा पनि यो पटक मतदान कम हुने देखिएको छ । काठमाडौं-१६ मै उत्साह देखिएन करिब, ५० मात्रै मतदान हुने आकलन गरिएको छ।’

काठमाडौं-१६ जस्तै जाजरकोटको नलगाढ नगरपालिकामा पनि ४० प्रतिशतमात्रै मतदान भएको छ । यहाँ उपप्रमुख पदमा निर्वाचन भइरहेको हो । अन्य ठाउँमा ३ बजेर ४० मिनेट जाँदासम्म ५५ प्रतिशत भन्दा बढी मतदान भइसकेको आयोगका अधिकारीहरूले जानकारी दिएका छन्‌ ।

थपलियाका अनुसार दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष निर्वाचनको मतपेटिका बाहेक अन्य क्षेत्रमा क्षेत्रको मतपेटिका आज बेलुका ११ बजेसम्ममा मतगणना स्थलमा आइपुग्ने जानकारी निर्वाचन आयोगलाई छ। गौरीशंकरमा भौगोलिक विकटताका कारण आज मत पेटिका गणनास्थलमा ल्याउन समस्या हुने जानकारी आएको उनले बताए ।

थपलियाले भने, ‘अहिलेसम्म शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ। हामी पर्सी बिहानसम्म सम्पूर्ण निर्वाचनको मत परिणाम दिइसक्ने तयारीमा छौँ ।’

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ४ : १७ बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ