तराईमा हुस्सु तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना « Khabarhub

तराईमा हुस्सु तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

विभागकाअनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।

यस्तै, तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँक भागमा मौसम सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पछिल्लो समय तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट हुनसक्ने असरबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ५४ मिनेट र सूर्यास्त साँझ ५ बजेर २० मिनेटमा हुनेछ ।

 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ६ : ०९ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले