हत्यामा संलग्न अभियुक्त ३० वर्षपछि पक्राउ « Khabarhub

हत्यामा संलग्न अभियुक्त ३० वर्षपछि पक्राउ


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

टक्सार –कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई ३० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले फरार अभियुक्त टेम्केमैयुङ गाउँपालिका वडा नं ५ खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई यही पुस १४ गते राति पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकले अभियुक्त राईलाई ललितपुरमा बसोबास गर्दै गरेको अवस्थामा पक्राउ गरी भोजपुर ल्याइएको जानकारी दिए। विसं २०५० मङ्सिर ३ गते राईसहितको संलग्नतामा साविक कोट गाविसका राजधन राईको खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । हत्याका मुख्य प्रतिवादी शुक्रदेव राईको फरार रहेका अवस्थामा मृत्यु भइसकेको जानकारी आएको र सो सम्बन्धमा थप अनुसन्धान जारी राख्दै अन्य संलग्न प्रतिवादीको खोजी जारी रहेको प्रहरी प्रमुख पाठकले बताए।

पक्राउ परेका पूर्णहाङलाई आज  जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दे सार्वजनिक गरियो । विसं २०६१ भदौ २८ गते जिल्ला अदालत भोजपुरबाट पूर्णहाङलाई घटनामा संलग्न रहेको भन्दै तीन वर्ष कैदको सजाए भएको थियो । फरार रहेका मुख्य प्रतिवादी शुक्रदेवलाई भने अदालतले २० वर्षको कैद सजाए तोकेको थियो ।

विसं २०५० कात्तिक २७ गते लक्ष्मी पूजाको दिन देउसी खेल्ने क्रममा प्रतिवादी शुक्रदेव, पूर्णहाङलगायत २६ जनाले मृतकका दाजु जाहेरवाला बागधन राईसँग बादविवाद भएको थियो । त्यसपछि  मङ्सिर ३ गते विवाद मिलाउने क्रममा झगडा भएपछि राजधनमाथि कुटपिट गर्नेक्रममा शुक्रदेव राईले खुकुरी प्रहार गरी कर्तव्य गरी उनको हत्या गरेका थिए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १२ : ३१ बजे

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र