सुशासनका लागि कांग्रेसको सरकार आवश्यक : शेखर कोइराला « Khabarhub

सुशासनका लागि कांग्रेसको सरकार आवश्यक : शेखर कोइराला


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेश स्तरीय भेला उद्घाटन गर्दै कोइरालाले भ्रष्टाचार निर्मूल गर्दै मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकारलाई परिवर्तन गरि कांग्रेसको नेतृत्वमा सरकार आउन जरुरी रहेको बताएका हुन् । उनले माओवादी नेतृत्वको सरकारले ठूला-ठूला प्रकरणलाई निष्कर्षमा पुराउन नसकेकाले आफूले प्रधानमन्त्रीको रिपोर्टकार्ड मागेको धारणा राखे  । 

कोइरालाले कांग्रेसलाई पुरानै बलियो अवस्थामा फर्काउनका लागि महासमितिको बैठकबाटै समयमा नै महाधिवेशन गर्नका लागि दवाव दिनुपर्ने जिकिर गरे ।

महाधिवेशनले पार्टीको अहिलेको नेतृत्व परिवर्तन गर्ने र कांग्रेसलाई बलियो बनाउने नेतृत्व आउने उनको दावी छ । कोइरालाले कांग्रेसले निर्वाचन अघि लोकतान्त्रीक शक्तिहरूसँगै मात्रै सहकार्य गर्नुपर्ने भन्दै कम्युनिस्टहरूसँग कुनैपनि अवस्थामा संगठित हुन नहुने बताए । 

उनले ललितपुरको बालकुमारी घटना प्रहरी प्रशासनको मात्रै नभई सरकारकै कमजोरीका कारण घटेको तर्क गरे । 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ४ : १० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण