सरकारले हामीमाथि विभेद गर्‍यो : सीके राउत « Khabarhub

सरकारले हामीमाथि विभेद गर्‍यो : सीके राउत


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारले आफूहरूमाथि विभेद गरेको आरोप लगाएका छन ।

प्रदर्शनका क्रममा माइतीघर मण्डलाबाट पक्राउ परेका राउत हिरासतबाट छुटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरूले निषेधित क्षेत्र नतोडेको तर कला परिषदबाटै प्रहरीले धरपकड गरेको बताए । उनले मन्त्री र सांसदलाई जुनकुनै बेला पनि समात्ने सरकारले नागरिकलाई कस्तो स्वतन्त्रता दिएको भन्दै छ भन्दै प्रश्न गरे ।

राउतले भने, ‘आजको दिन हामीले धेरै पहिलादेखि धोती दिवस मनाउँदै आएका छौँ र यो दिन देशले राष्ट्रिय पोसाक दिवसका रूपमा मनाउँदै आएको छ । जसको जे भेषभुषा हो त्यो मनाउन पाउनुपर्छ भनेर नै मनाइएको हो । निषेधित क्षेत्रभित्र गयो भन्ने गलत प्रचार भएको छ । हामी निषेधित क्षेत्रभन्दा टाढा कला परिषद् छेउमा जम्मा भएका थियौँ, त्यहाँ नै प्रहरीले धरपकड गरेको थियो । सबैलाई एकाएक समातेर हिरासतमा लिँदा आमनागरिकलाई कस्तो स्वतन्त्रता होला ?’

अध्यक्ष राउतले सरकारले रङ्गभेदी कार्य गरेको भन्दै यो कुरा संसद् र समितिमा प्रस्तावका रूपमा लैजाने बताए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ७ : ०२ बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले