गेटामा विश्वविद्यालय बनाउन तीन सय सैय्याको अस्पताल चल्नुपर्छ : मन्त्री बस्नेत « Khabarhub

गेटामा विश्वविद्यालय बनाउन तीन सय सैय्याको अस्पताल चल्नुपर्छ : मन्त्री बस्नेत


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनगढी– संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन तीन सय सैय्याको अस्पताल चल्नु पर्ने बताएका छन्। 

धनगढीमा नेपाल प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बनाउन कम्तिमा पनि तीन सय सैय्याको अस्पताल चलेको हुनुपर्ने बताए।

विश्वविद्यालय बनाउन अस्पताल राम्रो चलेको हुनुपर्ने बताउँदै उनले एक सय सैय्याको अस्पताल राम्रोसँग चलाएर तत्काल तीन सय सैय्याको अस्पताल सुरु गर्नु पर्ने बताए।

त्यसपछि स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय चलाउन कुनै समस्या नहुने मन्त्री बस्नेतको भनाइ छ। मेडिकल क्षेत्रका जुनसुकै विद्यार्थीलाई पनि बिरामी चाहिने भएकाले अस्पताल चलेको हुनुपर्ने उनको धारणा छ।

‘स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बन्न सुरुमा एक सय सैय्याको अस्पताल राम्रोसँग चल्नु पर्छ,’ उनले भने,‘त्यसपछि तीन सय सैय्याको अस्पताल चलाउने र त्यो राम्रोसँग चले मात्र स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बनाउन योग्य हुन्छ।’

उनले गेटामा केही थप स्वास्थ्यकर्मीको व्यस्थापन गरि उपचार सेवा सुरु गरेको बताए। गेटामा एक सय ४१ जना स्वास्थ्यकर्मीको स्वीकृति भएको हुँदा अहिले एक सय सैय्याको अस्पताल चलाउन समस्या नहुने उनको भनाइ छ। 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ७ : ०६ बजे

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई