मोरङमा जङ्गली हात्ती मृत फेला « Khabarhub

मोरङमा जङ्गली हात्ती मृत फेला


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सामुदायिक वनमा गोली हानी एक जङ्गली हात्ती मारिएको छ । नगरको मुनालझोडास्थित जनजागरण सामुदायिक वनमा आज बिहान हात्ती मृत फेला परेको हो ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेले हात्तीको शवपरीक्षणपछि शरीरमा गोली भेटिएको बताए । ‘यस बारेमा थप अनुसन्धान भइरहेको छ’, डिभिजन वन कार्यालय मोरङका प्रमुख घिमिरेले भने, ‘दोषी पत्ता लागेको खण्डमा राष्ट्रिय वन्यजन्तु संरक्षण ऐनअनुसार १५ वर्ष जेल साथै रु १० लाखसम्म जरिवाना हुनेछ ।’

आफूहरू घटनास्थलमा पुगेर कोशीटप्पु वन्यजन्तु आरक्षबाट भेटेरिनरी चिकित्साद्वारा शवपरीक्षण गराएपछि हात्तीको दाहसंस्कार गरिएको प्रमुख घिमिरेले उल्लेख गरे। प्रहरी र वनको टोलीले घटनामा संलग्नको खोजी सुरु गरेको घिमिरेले जानकारी दिए।

सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख एवं सहायक वन अधिकृत लालबहादुर माझीले गोली हानेर मारिएको हात्तीको पुच्छर गायब भएको बताए । उनले हात्तीलाई गोली हानेर मारेपछि पुच्छर काटेर लगेको बताए ।

सहायक वन अधिकृत माझीले हात्तीको देब्रेतर्फको खुट्टाभन्दा माथि र घाँटीनजिक गोलीले छेडेको प्वाल भएको जानकारी दिए। भाले हात्ती लगभग १० देखि १२ वर्षसम्मको हुनसक्ने उनले बताए । घटनास्थल आसपासमा बिहान बन्दुक पड्किएको आवाज सुनेको जानकारी स्थानीयले दिएका छन् ।

घटनास्थल नजिकै सामुदायिक वनको नर्सरी रहेको छ । नर्सरीभित्र रहेका बेला हात्तीमाथि गोली प्रहार भएको उल्लेख गरिएको छ । गोली लागेपछि घस्रिँदै र रन्थनिँदै तारजाली भत्काएर नर्सरीबाट निस्किएको हात्ती बाटोमा आइपुगेपछि रगत बान्ता गरेर ढलेको पाइएको सहायक वन अधिकृत माझीले उल्लेख गरे । चोरी सिकारीमा संलग्नले हात्ती मारेको आशङ्का रहेको उहाँको भनाइ रहेको छ ।

भारतबाट नेपाल प्रवेश गरेका जङ्गली हात्तीको बथानले कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा उपद्रो मच्चाइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले बताए । उनले सबैभन्दा धेरै झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरिरहेको उल्लेख गरे।

पछिल्लो समय मोरङको बेलबारी र सुन्दरहरैँचामा दैनिकजसो हात्तीको हूल देखिने गरेको छ । हात्तीले मान्छे मार्नेदेखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पुर्‍याउने गरिरहेको छ । हात्तीको आक्रमणबाट विगत केही महिनायता झापामा पाँच, मोरङ र सुनसरीमा एकरएक गरेर सातजनाको मृत्यु भइसकेको प्रहरीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ९ : २६ बजे

संविधान संशोधन कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं– विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको

काभ्रेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु

काठमाडौं- काभ्रेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ

पहिलोपटक ऊर्जा व्यापार उदारीकरणको नीति लिएका छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पहिलो पटक ऊर्जा

संविधान संशोधन कार्यदलको म्याद थप, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारको निर्देशन

काठमाडौं- सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप