काठमाडौंका १ लाख ८० हजार बालबालिकाले लगाए दादुरा रुबेलाविरुद्ध खोप | Khabarhub Khabarhub

काठमाडौंका १ लाख ८० हजार बालबालिकाले लगाए दादुरा रुबेलाविरुद्ध खोप


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्लामा १ लाख ८० हजार बालबालिकाले दादुरा रुबेलाविरुद्धको खोप लगाएका छन् ।

काठमाडौंका ५ लाखभन्दा धेरै बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ यहि फागुन १३ गतेदखी सञ्चालन भएको दादुरा रुबेला खोप अभियान अन्तर्गत काठमाडौं जिल्लाका विभिन्न स्थानीय तह र विद्यालयमा गरी १ लाख ८० हजारभन्दा धेरै बालबालिकालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका वरिष्ठ जनस्वास्थ्य प्रशासक भुवन पौडेलले खवरहबलाई जानकारी दिए ।

आइतबारदेखि सुरु भएको अभियान अन्तर्गत ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाले खोप लगाइरहेका छन् । हालसम्म खोप अभियानमा बालबालिकाको राम्रै सहभागिता पाइएको पौडेलले बताए । उनका अनुसार खोप लगाउनका लागि काठमाडौंमा मात्र १ हजार ६ सय ७० खोपकेन्द्र र ३ हजार १ सय स्वयंसेवक खटिएका छन् ।

१५ दिनमा खोप अभियान नसकिए समयावधि थप्ने कार्यालयको योजना छ । खोप कार्यक्रमअन्तर्गत दादुरा रुबेलाका साथै नियमित खोप नलगाएका बालबालिका पनि पहिचान गरेर खोप दिइरहेको उनले बताए । जसअन्तर्गत डीपीटी, पीसीभी र आईपीभी खोप लगाउने सरकारी योजना रहेको छ ।

सरकारले सन् २०२६ सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष्य राखेपछि पछिल्ला वर्षहरुमा काठमाडौंलगायतका जिल्लामा दादुरा रुबेलाको संक्रमण अपेक्षाकृत रुपमा नघटेपछि सरकारले अभियानमा जोड दिएको हो । काठमाडौंलगायत २३ जिल्लामा दादुरा रुबेलाको महामारी देखिएपछि सरकारले सन् २०२३ सम्म दादुरा निवारणको लक्ष्यलाई ३ वर्षपछि धकेलेको हो ।

सरकारी तथ्याङ्क अनुसार हाल दादुरा रुबेलाको खोपमा ८४ प्रतिशत बालबालिकाको पहुँच पुगेको छ । तर, निवारणका लागि कम्तिमा ९५ प्रतिशत लक्षित समुहको खोपमा पहुँच पुर्याउनुपर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ४ : ०२ बजे

साताको अन्तिम नेप्से ३२ अंकले बढ्यो, कारोबार १४ अर्ब बढी 

काठमाडौं– साताको अन्तिम नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३२ अंकले बढेको छ

स्वास्थ्य मन्त्रीद्वारा सौर्य एयर दुर्घटनाप्रति दुःख व्यक्त, भोलिसम्म शव परिवारलाई बुझाउन निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन

७३ जिल्लामा भेटिए डेंगुका बिरामी

काठमाडौं- नेपालका ७३ जिल्लामा डेंगुका बिरामी  भेटिएका छन् । इपिडिमियोलोजी

चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर टिमुरेमै रोकिए

रसुवा– गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ–बोगटीटार खण्डको बनुवा

गेमी आँधीबाट ताइवानमा बाढी र पहिरो, फिलिपिन्समा २२ जनाको मृत्यु

ताइपेई– ताइवानमा गेमी आँधी आएपछि तल्लो भेगमा बाढी आएको छ