काठमाडौंका १ लाख ८० हजार बालबालिकाले लगाए दादुरा रुबेलाविरुद्ध खोप « Khabarhub

काठमाडौंका १ लाख ८० हजार बालबालिकाले लगाए दादुरा रुबेलाविरुद्ध खोप


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्लामा १ लाख ८० हजार बालबालिकाले दादुरा रुबेलाविरुद्धको खोप लगाएका छन् ।

काठमाडौंका ५ लाखभन्दा धेरै बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ यहि फागुन १३ गतेदखी सञ्चालन भएको दादुरा रुबेला खोप अभियान अन्तर्गत काठमाडौं जिल्लाका विभिन्न स्थानीय तह र विद्यालयमा गरी १ लाख ८० हजारभन्दा धेरै बालबालिकालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका वरिष्ठ जनस्वास्थ्य प्रशासक भुवन पौडेलले खवरहबलाई जानकारी दिए ।

आइतबारदेखि सुरु भएको अभियान अन्तर्गत ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाले खोप लगाइरहेका छन् । हालसम्म खोप अभियानमा बालबालिकाको राम्रै सहभागिता पाइएको पौडेलले बताए । उनका अनुसार खोप लगाउनका लागि काठमाडौंमा मात्र १ हजार ६ सय ७० खोपकेन्द्र र ३ हजार १ सय स्वयंसेवक खटिएका छन् ।

१५ दिनमा खोप अभियान नसकिए समयावधि थप्ने कार्यालयको योजना छ । खोप कार्यक्रमअन्तर्गत दादुरा रुबेलाका साथै नियमित खोप नलगाएका बालबालिका पनि पहिचान गरेर खोप दिइरहेको उनले बताए । जसअन्तर्गत डीपीटी, पीसीभी र आईपीभी खोप लगाउने सरकारी योजना रहेको छ ।

सरकारले सन् २०२६ सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष्य राखेपछि पछिल्ला वर्षहरुमा काठमाडौंलगायतका जिल्लामा दादुरा रुबेलाको संक्रमण अपेक्षाकृत रुपमा नघटेपछि सरकारले अभियानमा जोड दिएको हो । काठमाडौंलगायत २३ जिल्लामा दादुरा रुबेलाको महामारी देखिएपछि सरकारले सन् २०२३ सम्म दादुरा निवारणको लक्ष्यलाई ३ वर्षपछि धकेलेको हो ।

सरकारी तथ्याङ्क अनुसार हाल दादुरा रुबेलाको खोपमा ८४ प्रतिशत बालबालिकाको पहुँच पुगेको छ । तर, निवारणका लागि कम्तिमा ९५ प्रतिशत लक्षित समुहको खोपमा पहुँच पुर्याउनुपर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ४ : ०२ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम